२०८० जेष्ठ २२
June 5, 2023, Monday

शे–फोक्सुण्डोमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण

शे–फोक्सुण्डोमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको रिग्मोगाउँमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । फोक्सुण्डो ताल छेउमै रहेको रिग्मोगाउँका महिलाले पहिलोपटक घर छेउमै स्वास्थ्य परीक्षण गराएका हुन् ।

डोल्पाको टासिडी नामक संस्थाको सहकार्यमा, बोदिसतो बिहार र कान्छीमाया तामाङ फाउण्डेशनले सो सेवा उपलब्ध गराएको हो । गर्भवती हुँदा स्वास्थ्य परीक्षण गराउनसमेत नपाउने उपल्लो डोल्पामा महिलाले पहिलोपटक घर नजिकै स्वास्थ्य परीक्षणको सुविधा पाएको कान्छीमाया तामाङ फाउण्डेशनका अध्यक्ष दिलबहादुर तामाङले बताउनुभयो ।

आँगनमै आएर सेवा दिनेलाई धन्यवाद दिँदै पहिलोपटक उपचार पाउँदा खुशीको सीमा नरहेको साङमु रोकायाको भनाइ छ । उहाँले भन्नुभयो, “गर्भवती हँुदा भिडियो एक्सरेका लागि दुई दिन हिँडेर सदरमुकाम दुनै जानुपर्ने बाध्यता थियो, टाढा भएकाले कहिले गएका थिएनौँ ।” तामाङका अनुसार ४० गर्भवती महिलाको भिडियो एक्सरे र ग्यास्ट्रिक, पाठेघर खसेका, घुँडा दुख्नेजस्ता रोगका बिरामी गरी १५० जनाको उपचार गरिएको छ ।

बोदिसतो बिहार, कान्छीमाया तामाङ फाउण्डेशनले करिब रु तीन लाखको भिडियो एक्सरे मेसिन रिग्मो स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ । फोक्सुण्डोका गर्भवतीलाई अब दुनै आउनुपर्ने बाध्यता हटेको छ । रासस

Related News

काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
काठमाडौं उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
  • २०७८ मंसिर २९, बुधबार १०:०१ गते

काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिकाले आज सूचना जारी...

गोदाममा आगलागी हुँदा लाखौँको क्षति
गोदाममा आगलागी हुँदा लाखौँको क्षति
  • २०७८ मंसिर २९, बुधबार १०:०१ गते

दाङको घोराहीमा रहेको एक इलेकट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । घोराही उपमहानगरपालिका –१५ को शहीदगेट...

जन्मदर्ता अभिलेख हराएकाे गौशाला-२६ को जिल्ला अदालत काठमाडौँलाई जवाफ
जन्मदर्ता अभिलेख हराएकाे गौशाला-२६ को जिल्ला अदालत काठमाडौँलाई जवाफ
  • २०७८ मंसिर २९, बुधबार १०:०१ गते

नेपाली क्रिकेट राष्ट्रिय/ टोलीका पूर्व क्रिकेटर सन्दीप लामिछाने आरोपित रहेको बालिका बलात्कार घटनाकी पीडित गौशाला-२६ को जन्म दर्ता अभिलेख वडा...

TOP