२०७९ मंसिर १६
December 2, 2022, Friday

कञ्चनपुर कारागारबाट २८ कैदीबन्दी स्थानान्तरण

कञ्चनपुर कारागारबाट २८ कैदीबन्दी स्थानान्तरण

काठमाडौँ ।   जिल्ला कारागारबाट २८ कैदीबन्दीलाई बुधबार स्थानान्तरण गरिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो । कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० लाई कैलाली, १० लाई डडेल्धुरा र आठ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ ।

“कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं”, उहाँले भन्नुभयो, “टिनसेट, त्रिपाल र बरण्डामा राखिएका कैदीबन्दीलाई बस्नै अप्ठेरो भयो, त्यही भएर अन्यत्र पठाएका हौं ।” कारागारमा ९५ पुरुष कैदीबन्दी र २० महिला राख्ने क्षमता छ । कारागारमा क्षमताभन्दा बढी ४२५ कैदीबन्दीलाई राखिएको छ ।

स्थानान्तरण गरिएका कैदीबन्दीमा लागूऔषध, मानव बेचबिखन र सवारी ज्यान मुद्धामा सजाय भोगिरहेका रहेका छन । सुत्नका लागि ठाउँ अभाव हुँदा कैदीबन्दीले अनिदोमै रात काटनु पर्ने अवस्थासमेत रहेको छ । कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ बस्ने कोठा रहेका छन् । शौचालय जानका लागि समेत लाईनमै बस्नु पर्दा निकै सास्ती खेप्नु परेको कैदी बन्दीले बताएका छन् । कैदी बन्दीको सङ्ख्या अधिक हँुदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको कारागारका जेलर थापाले बताउनुभयो ।

Related News

शुक्रबारसम्म राष्ट्रिय पार्टीको मान्यता पाउने दल सात : निर्वाचन आयोग
शुक्रबारसम्म राष्ट्रिय पार्टीको मान्यता पाउने दल सात : निर्वाचन आयोग
  • २०७८ पुष १, बिहीबार ०९:४२ गते

काठमाडौ, निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ। निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले...

मतदान अधिकृतले जे मुचुल्का बनाएका छन, सोही अनुसार नयाँ मुचुल्का बनाएर बाजुरामा मतगणना पुनः सुरू
मतदान अधिकृतले जे मुचुल्का बनाएका छन, सोही अनुसार नयाँ मुचुल्का बनाएर बाजुरामा मतगणना पुनः सुरू
  • २०७८ पुष १, बिहीबार ०९:४२ गते

बाजुरा, बाजुरामा मतगणना पुनः सुरू भएको छ। मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार रोकिएको प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको मत गणना...

धनगढीमा विद्यार्थी आन्दोलनले उग्र रुप लियो, डेढ दर्जन सेल अश्रुग्याँस प्रहार
धनगढीमा विद्यार्थी आन्दोलनले उग्र रुप लियो, डेढ दर्जन सेल अश्रुग्याँस प्रहार
  • २०७८ पुष १, बिहीबार ०९:४२ गते

धनगढी, जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्याँस...

TOP