२०७९ चैत्र १०
March 24, 2023, Friday

झापामा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु

झापामा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु

काठमाडौँ ।  झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका करिब ३५÷४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । कनकाई–७ दुर्गापुरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे७प २८४६ नम्बरको मोटरसाइकल बुधबार राति एकापसमा ठक्कर खाएको उहाँले बताउनुभयो । 

दुर्घटनाबाट गम्भीर घाइते उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकामा उनीहरुको उपचारकै क्रममा मृत्यु भएको थियो । मृतकलाई अस्पतालमै राखिएको छ भने मोरसाइकल, बस र चालक इलाम चुलाचुली गाउँपालिका–२ का ३१ वर्षीय सरोज ढकाल प्रहरीको नियन्त्रणमा रहेका छन् । 

Related News

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७८ पुष १, बिहीबार ०९:३९ गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
  • २०७८ पुष १, बिहीबार ०९:३९ गते

काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...

गण्डकी सरकाकरलाई दिएको सर्मथन फिर्ता लियो माओवादीले, एमालेका मुख्यमन्त्री अल्पमतमा
गण्डकी सरकाकरलाई दिएको सर्मथन फिर्ता लियो माओवादीले, एमालेका मुख्यमन्त्री अल्पमतमा
  • २०७८ पुष १, बिहीबार ०९:३९ गते

पोखरा, गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै दुई...

TOP