२०८१ बैशाख ४
April 16, 2024, Tuesday

कांग्रेसको नेतृत्व तहमा युवापुस्ता आउनु सकारात्मक : नेता पौडेल

कांग्रेसको नेतृत्व तहमा युवापुस्ता आउनु सकारात्मक : नेता पौडेल

काठमाडौं ।   नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा युवा पुस्ता आउनु सकारात्मक भएको बताउनुभएको छ ।

पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासीसमेत रहनुभएका नेता पौडेलले आज यहाँ आयोजना गर्नुभएको ‘धन्यवाद कार्यक्रम’मा उहाँले जनतामा युवा पुस्तामाथि ठूलो भरोसा रहेको उल्लेख गर्दै पार्टी नेतृत्वतहमा युवा आउनु सकारात्मक भएको बताउनुभएको हो ।

“निर्वाचनमा हारजित हुनु स्वभाविक हो, मैले जे खोजेको थियो, त्यो पार्टीभित्र भएको छ, युवापुस्ता पार्टीको कार्यकारी भूमिकामा पुगेको छ, जिम्मेवारीमा पुगेका साथीलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु”, उहाँले भन्नुभयो ।

नेता पौडेलले पार्टीभित्र धेरै परिवर्तन आवश्यक रहेको जनाउँदै विधि, विधानअनुसार व्यवस्थित ढङ्गले कांग्रेस अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सबैलाई सङ्गठित गरेर पार्टी अगाडि बढनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले व्यक्तिका आधारमा नभई पार्टीभित्र नीति र पद्धतिमा प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो । पार्टीभित्र आम एकताको खाँचो रहेको उहाँको भनाइ थियो । पाको नेतृत्वले युवालाई अगाडि बढाएको जनाउँदै वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई उहाँले धन्यवादसमेत दिनुभयो ।

Related News

निगमले बुझायो किस्ताबापतको ५३ करोड
निगमले बुझायो किस्ताबापतको ५३ करोड
  • २०७८ पुष २, शुक्रबार १७:२७ गते

काठमाडौँ, वैशाख ३ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको ५३ करोड, नौ...

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
  • २०७८ पुष २, शुक्रबार १७:२७ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको...

वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
  • २०७८ पुष २, शुक्रबार १७:२७ गते

बुटवल– रुपन्देहीमा सहकारी पीडितहरुले वैशाख ४ बाट आन्दोलन गर्ने घोषणा गरेका छन् । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट...

TOP