काठमाडौं । बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ जसले लन्डन र क्यानबेरा बीचको ब्रेक्सिट पछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जनाएको छ।
बेलायतले अष्ट्रेलियासँग ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । इयु छाडेपछिको हाम्रो पहिलो, डिजिटल र सेवाहरूमा नयाँ विश्वव्यापी मापदण्डहरू नयार गर्ने र बेलायत र अस्ट्रेलियाका लागि नयाँ काम र यात्रा अवसरहरू सिर्जना गर्ने यसको उद्देश्य हो, विभागले विज्ञप्तिमार्फत जनाएको छ । जुन महिनामा दुई देशका प्रधानमन्त्रीबीच सम्झौताका लागि सहमति भएको थियो र दस्तावेजका सबै अध्यायलाई अन्तिम रूप दिइसकेको छ।
अन्तर्राष्ट्रिय व्यापार सचिव एनी(मारी ट्रेभल्यानले बिहीबार राति भर्चुअल समारोहमा अन्तिम सम्झौतामा हस्ताक्षर गरेर अब संसद्मा प्रस्तुत गरिने विज्ञप्तिमा जनाएका छन् ।
बेलायतले २०२० मा युरोपेली संघबाट बाहिरिने प्रक्रिया पूरा गरी अब अन्य देशहरूसँगको व्यापारिक सम्बन्धलाई नयाँ आकार दिइरहेको छ।
नयाँ सम्झौताले बेलायत(अष्ट्रेलियाको व्यापारलाई करिब १०,४ बिलियन पाउण्ड ९ग्क्म् ज्ञघ।ड बिलियन० ले वृद्धि गर्ने र बेलायतको निर्यातमा लाग्ने शुल्कलाई पूर्ण रूपमा हटाउने अपेक्षा गरिएको छ।
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी भारतीय जनता पार्टी (भाजपा)का सदस्य हुन् । उनको पार्टीले गरेको एउटा निर्णयले सम्पूर्ण...
काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। शनिबार बिहान प्रथम महिला जिल बाइडेनसँग साइकल चलाउने क्रममा उनी लडेका...
काठमाडौँ – डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पु¥याइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । बाराको...