काठमाडौं । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८६ हजार ४१५ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०।२५ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या सन् २०२० को मार्च पछिकै सबैभन्दा कम रहेको अधिकारीले जनाएका छन् ।
गएको २४ घण्टामा भारतमा सात हजार ८८६ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ६२ हजार ७६५ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८।३८ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।
भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड २ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३५ करोड ९९ लाख ९६ हजार २६७ डोज खोप लगाइएको जनाइएको छ ।
एजेन्सी, अफगानिस्तानको फैजावाद केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ...
एजेन्सी, इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार दिउँसो...
एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेनले बैंकहरूलाई डुब्नबाट जोगाउन अमेरिकाले जस्तोसुकै काम गर्न तयार रहेको बताएका छन्। बाइडेनको बयान यस्तो समयमा...