२०८० जेष्ठ २२
June 5, 2023, Monday

ललितपुर महानगरलाई पर्यटकीय नगरका रुपमा अघि बढाइने : मन्त्री भुसाल

ललितपुर महानगरलाई पर्यटकीय नगरका रुपमा अघि बढाइने : मन्त्री भुसाल

काठमाडौं । महानगरपालिकाको ‘१०३ आँै स्थापना दिवस’ को अवसरमा उहाँले पुल्चोक क्षेत्रसरह विकासमा पछि परेका खोकना अनि बुङ्मती तथा हरिसिद्धिलगायत वडालाई पनि उत्तिकै विकासमा अघि बढाउन आफूहरु लागि परेको बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “महानगरपालिकामा कसरी धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी छ । यहाँ रहेका मूर्त तथा अमूर्त सम्पदाले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्न सफल भए नमूना नगर हुनेछ ।” महानगरलाई उज्यालो नगर बनाउने निर्णयअनुरुप नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरिने पनि उहाँले जोड दिनुभयो ।

ललितपुर क्षेत्र नं ३ का प्रदेशसभा सदस्य राजकाजी महर्जनले महानगरलाई सांस्कृतिक नगरका रुपमा विकास गर्न आफूहरु लागि परेको बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले महानगरमा रहेका कूल जनसङ्ख्यामध्ये ८२ प्रतिशतलाई कोरोनाको खोप उपलब्ध गराइएको उल्लेख गर्नुभयो ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफू निर्वाचित भएर आएपछि यहाँका ७० पाटीपौवा निर्माण गरिसकेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाभित्र प्रसस्तै मात्रामा मठमन्दिर २०७२ सालको भूकम्पले जिर्ण बनाएकामा धेरैजसो पुनः निर्माण गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा महानगरपालिकामा २५ वर्षसम्म सेवा गर्ने कर्मचारी र उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो भने कोरोनाबाट मृत्यु भएका सबै वडाका एक–एक परिवारलाई रु एक लाख २० हजार सहयोग र ए डिभिजनमा पुगेको सातदोबाटो युथ क्लबलाई रु २० लाख प्रदान गरिएको थियो

महानगरमा सफाइलगायत कार्य गर्न विसं १९७५ मा छेमडोल अड्डा स्थापित भएकामा २००९ सालमा ललितपुर नगरपालिका, २०१८ मा ललितपुर नगरपञ्चायत २०४७ मा पुनःललितपुर नगरपालिका, २०५२ मा उपमहानगरपालिका भएर यससँग जोडिएका अन्य १० वडालाई मिलाएर २०७३ चैत १० गते महानगरपालिका घोषणा गरिएको जानकारी गराइएको थियो। हाल यस महानगरमा २९ वडा छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन विकासमा पछि परेका वडालाई समेत ध्यानमा राखी योजना अघि बढाइने बताउनुभएको छ ।

महानगरपालिकाको ‘१०३ आँै स्थापना दिवस’ को अवसरमा उहाँले पुल्चोक क्षेत्रसरह विकासमा पछि परेका खोकना अनि बुङ्मती तथा हरिसिद्धिलगायत वडालाई पनि उत्तिकै विकासमा अघि बढाउन आफूहरु लागि परेको बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “महानगरपालिकामा कसरी धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी छ । यहाँ रहेका मूर्त तथा अमूर्त सम्पदाले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्न सफल भए नमूना नगर हुनेछ ।” महानगरलाई उज्यालो नगर बनाउने निर्णयअनुरुप नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरिने पनि उहाँले जोड दिनुभयो ।

ललितपुर क्षेत्र नं ३ का प्रदेशसभा सदस्य राजकाजी महर्जनले महानगरलाई सांस्कृतिक नगरका रुपमा विकास गर्न आफूहरु लागि परेको बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले महानगरमा रहेका कूल जनसङ्ख्यामध्ये ८२ प्रतिशतलाई कोरोनाको खोप उपलब्ध गराइएको उल्लेख गर्नुभयो ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफू निर्वाचित भएर आएपछि यहाँका ७० पाटीपौवा निर्माण गरिसकेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “महानगरपालिकाभित्र प्रसस्तै मात्रामा मठमन्दिर २०७२ सालको भूकम्पले जिर्ण बनाएकामा धेरैजसो पुनः निर्माण गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा महानगरपालिकामा २५ वर्षसम्म सेवा गर्ने कर्मचारी र उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो भने कोरोनाबाट मृत्यु भएका सबै वडाका एक–एक परिवारलाई रु एक लाख २० हजार सहयोग र ए डिभिजनमा पुगेको सातदोबाटो युथ क्लबलाई रु २० लाख प्रदान गरिएको थियो

महानगरमा सफाइलगायत कार्य गर्न विसं १९७५ मा छेमडोल अड्डा स्थापित भएकामा २००९ सालमा ललितपुर नगरपालिका, २०१८ मा ललितपुर नगरपञ्चायत २०४७ मा पुनःललितपुर नगरपालिका, २०५२ मा उपमहानगरपालिका भएर यससँग जोडिएका अन्य १० वडालाई मिलाएर २०७३ चैत १० गते महानगरपालिका घोषणा गरिएको जानकारी गराइएको थियो। हाल यस महानगरमा २९ वडा छन् ।रासस

Related News

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
  • २०७८ पुष २, शुक्रबार १५:५३ गते

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत...

इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
इन्दौरमा प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
  • २०७८ पुष २, शुक्रबार १५:५३ गते

भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ । विशेष विमानमार्फत...

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक
  • २०७८ पुष २, शुक्रबार १५:५३ गते

नेकपा (एकीकृत समाजवादी) ले आ.व ०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव ०७८/७९ को आम्दानी र...

TOP