२०८० आश्विन १६
October 3, 2023, Tuesday

सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार

सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार

काठमाडौं ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार ५०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ ।

Related News

सुनको भाउ निरन्तर ओरालो लाग्दै
सुनको भाउ निरन्तर ओरालो लाग्दै
  • २०७८ पुष २, शुक्रबार ११:४८ गते

सुनको भाउ आज पनि घटेको छ । आज एक हजार तीन सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ६ हजार ६...

गाईको चित्र अङ्कित चाँदीकाे सिक्का सार्वजनिक
गाईको चित्र अङ्कित चाँदीकाे सिक्का सार्वजनिक
  • २०७८ पुष २, शुक्रबार ११:४८ गते

नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ...

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न परिसङ्घ र सीसीपीआईटीबीच समझदारी
नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न परिसङ्घ र सीसीपीआईटीबीच समझदारी
  • २०७८ पुष २, शुक्रबार ११:४८ गते

नेपाल उद्योग परिसङ्घ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य...

TOP