काठमाडौं । विराटनगर महानगरपालिका-१२ पटुवारी टोलमा पार्किङ गरी राखेको को.२९ प ६६०० नम्बरको स्कुटर चोरी गरेको अभियोगमा सोही महानगरपालिका-१२ बस्ने २२ वर्षीय गणेश कुमार रामलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्कुटर चोरी गरी लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्कुटर सहित उनलाई पक्राउ गरेको हो ।
उनी उपर मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङ, साउन २६ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर...
सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिकाले ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका मलामीका परिवारलाई जनही रु एक लाख रुपैयाँ दिने भएको छ...
चितवन । चितवन जिल्लामा गत आर्थिक वर्षमा भएका विभिन्न दुर्घटनामा परी १४० जनाले ज्यान गुमाएका छन् । यहाँ भएका ५३०...