२०८० चैत्र १५
March 28, 2024, Thursday

बेलायतमा महामारी सुरु भएयताकै सबैभन्दा बढी सङ्क्रमित, ओमिक्रोन पनि बढ्दोे

बेलायतमा महामारी सुरु भएयताकै सबैभन्दा बढी सङ्क्रमित, ओमिक्रोन पनि बढ्दोे

काठमाडौं । बेलायतमा कोरोना भाइरसको प्रकोप सुरु भए यताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका छन् । यहाँ बिहीबार मात्र ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँ महामारीको प्रकोप बढेको यो दोस्रो दिन हो । अघिल्लो दिन अर्थात् बुधबार मात्र पनि यहाँ ७८ हजार जनाभन्दा धेरै मानिसमा कोभिड सङ्क्रमणको पुष्टि भएको थियो । कोभिड महामारी सुरु भएयता एकैदिन पुष्टि भएका सङ्क्रमितको यो सर्वाधिक संख्या भएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

यहाँ केही समययता हरेक दिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको देखिएको छ । साथै यहाँ कोभिडको घातक मानिएको ओमिक्रोन पनि बढ्दो देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले ओमिक्रोनको सङ्क्रमण पनि दिन प्रतिदिन बढेको देखिएको बताएका छन् । यहाँ अहिलेसम्म १ हजार ६९१ जनामा ओमिक्रोनको घातक सङ्क्रमण फैलिएको देखिएको पनि अधिकरीहरुले जनाएका छन् ।

बेलायतको सरकारले कोभिड नियन्त्रणका लागि लकडाउन भइरहेका समयमा यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको जनाएको थियो । त्यसपछि सबैभन्दा बढी यहाँ बिहीबार सङ्क्रमित देखिएका छन् । त्यसपछि सबैभन्दा बढी संक्रमित बुधबार भनिएकामा त्यो भन्दा पनि बढी बिहीबार सङ्क्रमित बढेका हुन् ।यहाँ अहिलेसम्म एक करोड १० लाखभन्दा बढी सङ्क्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४६ हजार ९३७ जना पुगेको बताइएको छ ।

Related News

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
  • २०७८ पुष २, शुक्रबार ११:५६ गते

 वाशिंगटन । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार...

फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
  • २०७८ पुष २, शुक्रबार ११:५६ गते

लिस्बन : पोर्चुगलमा राहदानी सम्बन्धी समस्यामा परेका नेपालीलाई राहदानी सेवा दिन शुरु गरिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय...

मध्य भियतनाममा विषाक्त खाना खाएपछि १९५ जना अस्पताल भर्ना
मध्य भियतनाममा विषाक्त खाना खाएपछि १९५ जना अस्पताल भर्ना
  • २०७८ पुष २, शुक्रबार ११:५६ गते

हनोई, भयितनाम, चैत २ गते । भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि बिरामी परेको...

TOP