२०८१ श्रावण ९
July 24, 2024, Wednesday

निःशुल्क सेनेटरी प्याड वितरण

निःशुल्क सेनेटरी प्याड वितरण

काठमाडौं । तनहुँको भानु नगरपालिकाले नगर क्षेत्रभित्रका २८ विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ । छात्रालाई महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित गराउने उद्देश्यले  विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो । 

कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई लक्षित गरी नगरपालिकाले निःशुल्करुपमा सेनेटरी प्याड उपलब्ध गराएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख धु्रवराज पौडेलले जानकारी दिनुभयो । 

सरकारले विगत दुई वर्षदेखि सामुदायिक विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले पनि सशर्त कार्यक्रमका रुपमा प्राप्त बजेटबाट नियमानुसार खरिद गरी सरकारले तोकेको मापदण्डअनुसारको प्याड वितरण गरेको उहाँले बताउनुभयो । 

गत आर्थिक वर्षमा खरिद गरिएका केही प्याड कोरोना, लकडाउन तथा पहाडी क्षेत्रमा वर्षायाममा सवारीसाधन जान कठिनाइ हुनेलगायतका विभिन्न कारणले छ  विद्यालयमा वितरण गर्न बाँकी रहेकामा त्यस विद्यालयमा पनि प्याड पु¥याइएको छ । 

योसँगै भानुका २८  मावि र आधारभूत विद्यालयमा गरी २५ हजार १३३ प्याकेट ९दुई लाख एक हजार ६४ पिस० प्याड उपलब्ध गराइएको शाखा प्रमुख पौडेलले बताउनुभयो । 

प्याडको प्राप्ति, संरक्षण, वितरण, व्यवस्थापन र अभिलेखनका लागि प्रत्येक विद्यालयमा एक  महिला शिक्षकलाई संयोजक तोकिएको छ । संयोजकले छात्रालाई आवश्यकताअनुसार वितरण गर्ने, यसको सही ढङ्गले प्रयोग गर्नेबारे प्रशिक्षण र सहजीकरण गर्ने, शौचालयमा प्याड डिस्पोजल विन राख्न लगाई सहीरुपमा बिसर्जन गर्न लगाउने काम गर्नेछन् । नगरपालिकाले चालू आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिएको छ । 

महिनावारी भएका बेला छात्रा नियमित विद्यालय नआउने समस्या रहेको छ । “विद्यालयमै प्याड उपलब्ध हुने भएपछि विद्यार्थी नियमित विद्यालय आउँछन्, यसले उनीहरुको पढाइमा समेत असर पर्दैन”, शाखा प्रमुख पौडेलले भन्नुभयो । रासस

Related News

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७८ पुष ४, आईतवार १०:५८ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

रुकुम हत्याकाण्डको चार वर्ष पूरा ः सुर्खेतमा आज बृहत् दलित जागरण सभा
रुकुम हत्याकाण्डको चार वर्ष पूरा ः सुर्खेतमा आज बृहत् दलित जागरण सभा
  • २०७८ पुष ४, आईतवार १०:५८ गते

काठमाडौं । जातीय भेदभावका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती ठाउँमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको चार...

बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
बजेट अधिवेशन सञ्चालनबारे सभामुख घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्ने
  • २०७८ पुष ४, आईतवार १०:५८ गते

काठमाडौं । बजेट अधिवेशन सञ्चालनबारे सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८...

TOP