२०७९ चैत्र १९
April 2, 2023, Sunday

नेपाल तामाङ पत्रकार सङ्घका अध्यक्षमा योञ्जन

नेपाल तामाङ पत्रकार सङ्घका अध्यक्षमा योञ्जन

काठमाडौं । नेपाल तामाङ पत्रकार सङ्घका अध्यक्षमा सुवास योञ्जन चयन हुनुभएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा सङ्घको शनिबार सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट योञ्जनका अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन, प्रथम उपाध्यक्ष विश्वराज तामाङ, द्वितीय उपाध्यक्ष नेत्र तामाङ, महिला उपाध्यक्ष अञ्जु तामाङ, महासचिव तीर्थराज बल, सचिव शिशिर तामाङ, उर्गेन लो तामाङ र सरस्वती तामाङ र कोषाध्यक्ष डोल्मा छिरिङ तामाङ चयन हुनुभएको छ ।

यस्तै १८ जनालाई सदस्यमा चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष योञ्जनले आफ्नो कार्यकालमा तामाङ पत्रकारको क्षमता र मुद्दालाई अझै उचाइमा पु¥याउने बताउनुभयो ।  रासस

Related News

सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
  • २०७८ पुष ४, आईतवार १०:०३ गते

काठमाडौ, सरकारी वार्ता टोलि र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच शनिबार साँझ गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले...

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७८ पुष ४, आईतवार १०:०३ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पश्चिमी वायु सक्रिय, सोमबारसम्म देशैभर पानी र असिनाको सम्भावना
पश्चिमी वायु सक्रिय, सोमबारसम्म देशैभर पानी र असिनाको सम्भावना
  • २०७८ पुष ४, आईतवार १०:०३ गते

काठमाडौं, नेपालमा पश्चिमी वायु सक्रिय भएको छ । पश्चिमी वायु सक्रिय भएकै कारण देशको पश्चिमी र मध्य क्षेत्रको मौसम बदली...

TOP