२०७९ चैत्र १८
April 1, 2023, Saturday

प्रथम नवलपुर महोत्सव पुस ८ देखि १७ सम्म हुने

प्रथम नवलपुर महोत्सव पुस ८ देखि १७ सम्म हुने

काठमाडौं । नवलपरासी बर्दघाट–सुस्तापूर्वको कावासोतीमा प्रथम नवलपुर खाना, पर्यटन, संस्कृति तथा व्यापारिक महोत्सव हुने भएको छ । होटल व्यवसायी सङ्घ नवलपुरको आयोजनामा हुने सो महोत्सव  यही पुस ८ देखि १७ गतेसम्म जारी रहने छ ।  

सङ्घ अध्यक्ष सन्तोष रानाले महोत्सवमा नवलपुरमा रहेका जनजातिको खानाका साथै प्याराग्लाइडिङ, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी र नारायणी नदीमा डुङ्गा सफारी लगायतका कार्यक्रम आयोजना हुने जानकारी दिनुभयो । 

कावासोती–८ स्थित खेल मैदानमा हुने महोत्सवमा प्रदर्शनी स्थल  निर्माण सुरु गरिएको छ । जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको महोत्सवमा करिब २०० प्रदर्शनी  कक्ष रहने छ ।  महोत्सवको तयारीसँगै स्थानीय सञ्चारमाध्यमबाट प्रचारप्रसार तथा माइकिङ गर्नेदेखि ब्यानर, स्वागतद्वार निर्माणसहितका काम अगाडि बढाइएको छ । 

यसैबीच महोत्सवमा आकर्षणका रुपमा प्याराग्लाडिङ राखिने भएको छ । प्याराग्लाइडिङ गर्न इच्छुक व्यक्तिलाई कावासोतीको बालुवा डाँडामा लगेर प्याराग्लाइडिङ गराइनेछ । केही समय अगाडि सफल परीक्षण गरिएको प्याराग्लाइडिङ कावासोतीको बालुवा डाँडाबाट हात्तीखोरसम्म गराइनेछ । 
    
 बालुवा डाँडाबाट गराइने प्याराग्लाइडिङमा एक जना व्यक्तिले करिब २५ मिनेट समय बिताउने बताइएको छ । दैनिक १० देखि ३५ वटासम्म प्लाइट गर्न सकिने गरी तयारी भएको र त्यसका लागि पाँच जना पाइलटसमेत निश्चित गरिएको आयोजकले जनाएको छ । महोत्सवमा थप आकर्षणका रुपमा बालउद्यानसहित विभिन्न सांस्कृतिक कार्यक्रम छन् ।

 जिल्लामा पहिलो पटक आयोजना गर्न लागिएको खाना महोत्सवलाई हरेक वर्ष निरन्तरता दिइने आयोजक जनाएको छ । जनजातिको खाना तथा संस्कृति संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्नका लागि महोत्सव गर्न लागिएको अध्यक्ष रानाले बताउनुभयो ।  रासस

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७८ पुष ४, आईतवार ११:१३ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पश्चिमी वायु सक्रिय, सोमबारसम्म देशैभर पानी र असिनाको सम्भावना
पश्चिमी वायु सक्रिय, सोमबारसम्म देशैभर पानी र असिनाको सम्भावना
  • २०७८ पुष ४, आईतवार ११:१३ गते

काठमाडौं, नेपालमा पश्चिमी वायु सक्रिय भएको छ । पश्चिमी वायु सक्रिय भएकै कारण देशको पश्चिमी र मध्य क्षेत्रको मौसम बदली...

जनकपुरधाममा रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
जनकपुरधाममा रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
  • २०७८ पुष ४, आईतवार ११:१३ गते

जनकपुरधाम, जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा...

TOP