काठमाडौं । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यो सँगै विनाशकारी टापुहरूमा पानी र खाद्यान्न पुर्या्उने प्रयासहरू बढ्दै गएको छ।
राई आँधीले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि ३००,००० भन्दा बढी मानिसहरू आफ्नो घर र समुद्र तटको रिसोर्टहरू छोडेर भागेका थिए। आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उढाएको छ। बिजुलीका पोलहरू ढलेका छन् र गाउँहरू बाढीमा परेका छन्। राईले बिहीबार प्रतिघण्टा १९५ किलोमिटर ९१२० माइल० गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो ।
सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौं सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन्। कोस्ट गार्ड र खाना, पानी र चिकित्सा आपूर्ति बोकेका नौसेनाका जहाजहरू प्रभावित क्षेत्रतर्फ पठाइँदै छन् । परोपकारी र आपतकालीन सेवाहरूले चन्दाको लागि अपील गरेका छन्। बोहोलका केही भागहरूमा भएको क्षतिको हवाई सर्वेक्षण गरिएको छ ।
काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी भारतीय जनता पार्टी (भाजपा)का सदस्य हुन् । उनको पार्टीले गरेको एउटा निर्णयले सम्पूर्ण...
काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। शनिबार बिहान प्रथम महिला जिल बाइडेनसँग साइकल चलाउने क्रममा उनी लडेका...
काठमाडौँ – डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पु¥याइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । बाराको...