जनकपुरधाम । सिरहामा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । शनिबार राति गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको हत्या भएको हो ।
छुरा प्रहारबाट एकजनाको हत्या र एक जनालाई घाइते बनाएको घटनाको विरोधमा स्थानीय आन्दोलित भएका छन् ।डोहटिया टोलका बासिन्दा गोलबजार आएर पूर्व–पश्चिम राजमार्ग अबरूद्ध पारेका हुन् ।
अज्ञात समूहले छुरा प्रहार गरी रामकुमार घटनास्थलमै मृत्यु भएको र १९ वर्षिय निकेश सदाय घाइते भएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी नीरिक्षक सन्तोष राईले जानकारी दिए ।
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...
काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...