२०८१ बैशाख ४
April 16, 2024, Tuesday

कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु

कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु

बैतडी । बैतडीमा कोरोना भाइरस विरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका उनको कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती वृद्धाका शरीरमा अक्सिजन लेभल ७५ प्रतिशतभन्दा कम थियो ।

कोभिसिल्डको दुवैमात्रा लगाएका ती वृद्धाको कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरीरमा अत्याधिक ‘इन्फेक्सन’ भएर मृत्यु भएको अस्पतालले जनाएको छ ।

कृतिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरीरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालले जनाएको छ । बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।  जिल्लामा हाल तीन जना सक्रिय सङ्क्रमित छन् । रासस

Related News

निगमले बुझायो किस्ताबापतको ५३ करोड
निगमले बुझायो किस्ताबापतको ५३ करोड
  • २०७८ पुष ४, आईतवार ११:०७ गते

काठमाडौँ, वैशाख ३ गते । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणबापतको चैत मसान्तसम्मको ५३ करोड, नौ...

वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
वैशाख ४ बाट रुपन्देहीमा सहकारी पीडितको आन्दोलन
  • २०७८ पुष ४, आईतवार ११:०७ गते

बुटवल– रुपन्देहीमा सहकारी पीडितहरुले वैशाख ४ बाट आन्दोलन गर्ने घोषणा गरेका छन् । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट...

पोखरामा बस दुर्घटना, नौ घाइते
पोखरामा बस दुर्घटना, नौ घाइते
  • २०७८ पुष ४, आईतवार ११:०७ गते

लेखनाथ, चैत २९ गते। पोखरामा बिहीबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा नौ जना घाइते भएका छन्। काठमाडौंबाट म्याग्दी जाँदै गरेको ग...

TOP