२०७९ असार ११
June 25, 2022, Saturday

कांग्रेसका दुई भ्रातृ संस्था नेविसङ्घ र तरुण दल नेतृत्वविहीन

कांग्रेसका दुई भ्रातृ संस्था नेविसङ्घ र तरुण दल नेतृत्वविहीन

काठमाडौं ।  नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेको छ । पार्टीको भर्खरै सम्पन्न १४औँ महाधिवेशनमा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गाना र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै पार्टीका दुई भ्रातृ संस्था नेतृत्व विहीन बन्न पुगेका हुन् ।

विस २०७३ कात्तिक ३० सम्पन्न तरुण दलको पोखरा अधिवेशनबाट अध्यक्ष बन्नुभएका बस्नेत र विसं २०७६ माघ १६ गते १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि बनेको तदर्थ समितिका अध्यक्ष ढुङ्गाना ९खुलातर्फ० केन्द्रीय सदस्य निर्वाचित भएपछि नेविसङ्घ र तरुण दल नेतृत्व विहीन बनेको हो ।

पार्टीको खुलातर्फ केन्द्रीय सदस्यको आइतबार सम्पन्न मतगणनामा बस्नेत दुई हजार ५५७ र ढुङ्गाना एक हजार ८९६ मत ल्याएर निर्वाचित हुनुभएको थियो । कांग्रेसले दुवै भ्रातृ संस्थाका पदाधिकारी बनाए पनि केन्द्रीय समितिलाई भने पूर्णता दिएको थिएन ।

पार्टीको विधानले पार्टीको कुनै पनि तहको पदाधिकारी एवं सदस्य भ्रातृ संस्थाको पदाधिकारी एवं सदस्य नहुने उल्लेख गरेको छ । साथै भ्रातृ संस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए पनि निजको भ्रातृ संस्थाको पद स्वतः रिक्त हुने विधानमा व्यवस्था छ । बस्नेत र ढुङ्गानाले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा आफूले नेतृत्व गरिरहेको भ्रातृ संस्थाको पदबाट राजीनामा दिनुभएको थिएन ।

Related News

एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
एकीकृत समाजवादीका प्रवक्ताले एक घन्टामै मन्त्री हेरफेर हुन्छ भनेपछि, अटेरी मन्त्रीहरुलाई तनाव
  • २०७८ पुष ५, सोमबार १३:५६

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...

चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
चितवनमा रेनुको अर्को चमत्कार देशैभरका महानगरको भन्दा आकर्षक बजेट ल्याउँदै
  • २०७८ पुष ५, सोमबार १३:५६

काठमाडौँ –  भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...

नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
नेता बन्न पार्टी फुटाएका नेपाललाई उनैका मन्त्रीले च्यातिएको टालो बनाएर फाल्दैछन् : बास्कोटा
  • २०७८ पुष ५, सोमबार १३:५६

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...

TOP