काठमाडौं । जिल्ला अस्पतालमा रु दुई करोड बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रियअन्तरर्गत पर्वत जिल्लामा क्रियाशील आठ लायन्स क्लब र लियो क्लबको समन्वय र साझेदारीमा लायन्स क्लब अन्तर्राष्ट्रिय–एलआइसिीएफ० कोषको विशेष आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो । लायन्स क्लबको तर्फबाट नेपालमा सबैभन्दा ठूलो सहयोग सो अस्पताललाई गरिएको छ ।
सांसद पदम गिरी र कुश्मा नगरपालिकाले पनि आर्थिक सहयोग गरेको बताइएको छ । जिल्ला अस्पतालमा आइतबार आयोजित एक कार्यक्रमका उक्त सामग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लबको तर्फबाट रु एक करोड १६ लाख ३८ हजार १२०, सांसद गिरीमार्फत स्थानीय पूर्वाधार विकास साभेदारी कार्यक्रमअन्तर्गत विनियोजित रु ३५ लाख, कुश्मादे रु १५ लाख र स्थानीय लायन्स तथा लियो क्लबको जोड कोष रु ३३ लाख २५ हजार ९९५ सहित रु एक करोड ९९ लाख ६४ हजार ११५ को लागतका स्वास्थ्य उपकरण सहयोग गरिएको परियोजनाका अध्यक्ष बसन्तकुमार कर्माचार्यले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालको मागअनुसार १२ प्रकारका १३ थान अस्पताल उपकरण र चार प्रकारका २४ थान फर्निचर अस्पताललाई प्रदान गरिएको दाता संस्थाले जनाएका छन् । अत्याधुनिक एक्सरे, इसिजी, भेन्टिलेटर, अप्रेशन थिएटर, आइसियु बेड लगायतका सामग्री हस्तान्तरण गरिएको हो । लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान तथा सांसद पदम गिरीबाट सामग्री हस्तान्तरण गरिएको हो । परियोजना अध्यक्ष तथा लायन्स लिडर वसन्तकुमार कमाचार्यका अनुसार अस्पतालमा आवश्यक सामग्रीले यहाँ आउने बिरामीले सुविधा पाउने बताउनुभयो ।
लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्वअन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले लायन्स क्लब निस्वार्थ भावनाले सामाजिक विकासका काममा लाग्दै आएको बताउनुभयो । उहाँले नेपालमै सबैभन्दा बढी सहयोग पर्वत अस्पतालमा गर्न सकिएको बताउनुभयो । सांसद पदम गिरीले पर्वत अस्पताल सुविधा सम्पन्न बन्दै गएकोमा आफूलाई सबैभन्दा बढी खुशी लागेको बताउनुभयो । जिल्ला अस्पतालमा उपकरणको अभाव नरहेकाले अब सेवा सुविधामा ध्यान दिन अस्पताल प्रशासनलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर विश्वेस्वर आचार्य, संविधानसभा सदस्य कल्पना चापागार्इं, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेलगायत पनि अस्पतालको गुणस्तर वृद्धिमा ध्यान दिन आग्रह गर्नुभएको थियो । अस्पतालमा सुविधा सम्पन्न नयाँ भवन निर्माण सम्पन्न हुने चरणमा छ । उपकरणले भरिपूर्ण भएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकको अभाव रहेको छ ।
काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...
जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...