२०८१ बैशाख १३
April 25, 2024, Thursday

सकियो माओवादी प्रदेश नं २ को बन्दसत्र

सकियो माओवादी प्रदेश नं २ को बन्दसत्र

काठमाडौं । जिल्लालाई नै सदस्य छान्ने जिम्मा दिँदै नेकपा माओवादी केन्द्र प्रदेश नं २ को बन्दसत्र सकिएको छ । सर्लाहीको लालबन्दीमा सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रले २७१ सदस्यीय प्रदेश समिति बनाउने र राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ ।

बन्दसत्रले जिल्लालाई जिल्लामा भएका सक्रिय सदस्यबाट आरक्षण कोटाअनुसार प्रदेश सदस्य तथा राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट गरेर प्रदेश आयोजक समितिमा यही पुस २० गतेसम्म पेश गर्ने जिम्मा दिइएको माओवादी केन्द्र प्रदेश नं २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्लाबाट हाल कायम रहेका सक्रिय सदस्य, सङ्गठनलगायतका आधारमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ र मुस्लिम पाँच प्रतिशत हुने गरी प्रदेश सदस्य छनोट गर्नुपर्ने व्यवस्था छ । यस्तै एक हजार ५०० सक्रिय सदस्यबाट एकजना राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट गर्ने निर्णय भएको अध्यक्ष बुढाथोकीले बताउनुभयो । जिल्ला जिल्लाबाट नामावली आएपछि पुस २५ गते पार्टी अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा प्रदेश समिति घोषणा सभा आयोजना गर्ने निर्णयसमेत गरेको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।रासस

Related News

गौर नरसंहारः सर्वोच्चद्धारा कारण देखाउ आदेश, उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र सहितलाई कारवाही हुन सक्ने
गौर नरसंहारः सर्वोच्चद्धारा कारण देखाउ आदेश, उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र सहितलाई कारवाही हुन सक्ने
  • २०७८ पुष ५, सोमबार १३:५९ गते

काठमाडौं । सर्वोच्च अदालतले गौर नरसंहार सम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल...

गोरखा भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
गोरखा भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा
  • २०७८ पुष ५, सोमबार १३:५९ गते

गोरखा : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । ...

नेपाल र कतारबिच दुई सम्झौता, ६ समझदारी
नेपाल र कतारबिच दुई सम्झौता, ६ समझदारी
  • २०७८ पुष ५, सोमबार १३:५९ गते

काठमाडौं, वैशाख १२ गते । नेपाल र कतारबिच सहकार्य गर्ने सम्बन्धमा दुई सम्झौता र ६ समझदारी भएको छ । बुधबार दुई...

TOP