काठमाडौं । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसका शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट भएको छ ।
उनलाई एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता कुबेर जेठाराले कुटपिट गरेका हुन् ।
उनको टाउकोमा गम्भीर चोट लागेको छ । सात टाँका लगाइएको छ ।
घटनाबारे आरआर क्याम्पसका प्राध्यापक ऋषिकेश दाहालले ट्विट गर्दै भनेका छन्, “चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ । उहाँको टाउकोमा सात टाँका लगाउनपरेको छ । यसभन्दा लज्जाको विषय के होला ? कस्तो शिक्षा दिइरहेका छौँ हामीले ?”
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...
काठमाडौ, आसन्न प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीनजना उम्मेदवारले आज पत्रकार सम्मेलनको आयोजना गर्दैछन् । १०...