२०७९ चैत्र १०
March 24, 2023, Friday

पाँच दिनदेखिको चिसो स्याँठका कारण जनजीवन प्रभावित

पाँच दिनदेखिको चिसो स्याँठका कारण जनजीवन प्रभावित

 काठमाडौं ।महोत्तरीको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा विगत पाँच दिनदेखि चलेको चिसो स्याँठका कारण जाडो बढेको छ । जाडोले यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ ।

शीतलहर, हुस्सु र बाक्लो कुहिरोका साथै निरन्तररूपमा बगिरहेको चिसो स्याँठका कारण पुस १ गतेदेखि नै यहाँको वातावरण बिग्रेको हो । यहाँका मानिस, चौपाया, पशुपक्षीसहित बालीनालीसमेत प्रभावित भएको छ । निरन्तरको बढ्दो जाडोले गर्दा विगत पाँच दिनमा जिल्लामा कुनै किसिमको मानवीय क्षति नभए पनि जिल्लाका गाउँ बस्तीमा नराम्रो असर परेको हो । चिसो स्याँठका बीच यहाँका मानिसले कुनै पनि कामकाज गर्न पाएका छैनन् भने बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको छ ।

त्यस्तै खेतबारीमा लगाइएको हिउँदे बाली दलहन र तरकारी पनि चिसोका कारण कुहिन थालेको जिल्लाका किसानले बताएका छन् । चिसोकै कारण अहिले जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासीले यातयातका साधन चढ्न कम गरेका छन् ।

यता जिल्लाको विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाटबजारमा मानिसको उपस्थिति न्यून भएको छ । स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सक बताउँछन् ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका जिल्लाको गाउँबस्तीमा स्थानीयवासी जाडोबाट बच्नका लागि ठाउँठाउँमा गोबर, गुइँठा र खरपातको घुर बनाएर न्यानो प्राप्त गरिरहेका छन् भने गरिब टोल बस्तीमा खानपान र जीवनयापनको समस्या हुन थालेको छ । जिल्लाको गौशाला, बर्दिवास, मनरासिस्वा, भङ्गाहा, पिपरा, लोहारपट्टी र जलेश्वर नगरपालिका क्षेत्रभित्र रहेका गरिब, दलित बस्तीमा वृद्धवृद्धा कठ्याङ्ग्रिएर बिरामी हुने क्रम बढ्न थालेको छ भने ती बस्तीमा न्यानो लत्तकपडा र खानपिनको पनि समस्या हुन थालेको बस्तीका बासिन्दाले बताएका छन् ।

सहरी क्षेत्रका मानिस विभिन्न आधुनिक सुविधाबाट आफ्ना ज्यानको सुरक्षा गर्न सक्षम भए पनि जिल्लाका गरिब दलित बस्तीमा प्रत्येक वर्ष जाडोका बेला न्यानो लत्ताकपडा, ओढ्ने ओछ्याउने र पोषिलो खानपिनकै अभावमा दर्जनाँै व्यक्तिको ज्यान जाने गरेको छ । विगत पाँच दिनदेखि बढ्दै गएको असहनीय जाडोबाट जिल्लावासीलाई जोगाउन जिल्ला दैवी प्रकोप समिति वा अन्य कुनै पनि सरकारी गैरसरकारी सङ्घसंस्थाले अहिलेसम्म कुनै पनि कदम चालेका छैन ।

Related News

इस्लाम धर्मावलम्बीहरुको रमजान पर्व सुरु
इस्लाम धर्मावलम्बीहरुको रमजान पर्व सुरु
  • २०७८ पुष ६, मंगलवार १२:०२ गते

काठमाडौं, इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार...

नेपाल प्रहरीमा ४ एआईजीका लागि प्रतिस्पर्धामा ११ डीआईजी
नेपाल प्रहरीमा ४ एआईजीका लागि प्रतिस्पर्धामा ११ डीआईजी
  • २०७८ पुष ६, मंगलवार १२:०२ गते

काठमाडौ, नेपाल प्रहरीमा शनिबारदेखि ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) रिक्त हुने भएको छ। हालका तीन एआईजी अवकाश हुने र एक...

यातायात कार्यालयमा भ्रष्टाचार अभियोगमा तीन उपसचिवलाई आठ वर्ष कैद
यातायात कार्यालयमा भ्रष्टाचार अभियोगमा तीन उपसचिवलाई आठ वर्ष कैद
  • २०७८ पुष ६, मंगलवार १२:०२ गते

काठमाडौँ, विशेष अदालतले राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका ११ कर्मचारीको सजाय निर्धारण गरेको छ । यातायात...

TOP