काठमाडौं । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले रुकुम ९पूर्व०मा कृषिका कार्यक्रमको अनुगमन गर्नुभएको छ । उहाँहरूले भूमे गाउँपालिका–९ चुनवाङमा सञ्चालित बाख्रा मिसन र प्राङ्गारिक मल कार्यक्रमको अनुगमन गर्नुभएको हो । गत आर्थिक वर्षमा सञ्चालन गरिएको यी दुई कार्यक्रमको चुनवाङमै पुगेर उहाँहरूलगायतको टोलीले स्थलगतरूपमा अनुगमन गरेको छ ।
अग्र्यानिक जिल्ला घोषणा गरेको प्रदेश सरकारले प्रदेश मातहतमा रहेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयमार्फत सञ्चालन भइरहेका विभिन्न कृषि योजनाको स्थलगत अनुगमन गरिएको हो । अनुगमन टोलीमा सभामुख र कृषिमन्त्रीसँगै कृषि विकास निर्देशनालयका निर्देशक यामनारायन देवकोटा, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका पशुपक्षी महाशाखका प्रमुख तुलसीराम भण्डारी पनि सहभागी हुनुहुन्थ्यो ।
अनुगमनका क्रममा कृषकसँग छलफल गर्दै उहाँहरूले अहिले भइरहेको कामकाज राम्रै भए पनि यसलाई अझ व्यवस्थित गरेर लैजानुपर्ने देखिएको बताउनुभयो । चुनवाङमा बाख्रा मिसन कार्यक्रमअन्तर्गत किसानले आधुनिक खोर निर्माण गरेका तर खोरको छाना जस्तापाताको त्यसलाई सुधार गर्न सल्लाह दिइएको छ । जस्तापाताले बाख्राको स्वास्थ्यमा असर पर्ने भएकाले जस्तापाताभित्र प्लाइउड राख्ने या खरको छाना बनाउने सुझाव कृषकलाई दिइएको हो । चुनवाङमा कृषक बोयर जातको बाख्रापालनमा आकर्षित भइरहेको भन्दै त्यसमा भन्दा पनि अझ बढी जोड स्थानीय जातमा नै दिनुपर्ने सुझाव पनि किसानलाई दिइएको छ ।
कृषकहरूले भने सभामुख र कृषिमन्त्रीसमक्ष बजारीकरणको समस्या भएकाले यसको समाधान गरिदिन आग्रह गरेका थिए । यसमा उहाँहरूले बजारको मागअनुसार उत्पादनलाई बढवा दिन र लेबलिङ, प्याकेजिङका कुरामा पनि ध्यान दिन सुझाउनुभएको छ ।
यस्तै एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम ९पूर्व०ले किसानको सहजताका लागि चालु आर्थिक वर्षमा चुनवाङमा सञ्चालन हुने लसुन प्याज प्रवद्र्धन कार्यक्रमको फिल्डमै सम्झौता गरेको छ । कार्यक्रममा छनोट भएका नौ किसानका सञ्चालनको लागि फिल्डमै कार्यक्रम सम्झौता गरेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका सूचना अधिकारी एवं कृषि अधिकृत थलराज बस्नेतले बताउनुभयो ।
काठमाडौ, सरकारी वार्ता टोलि र मिटरव्याज विरुद्धको संघर्ष समिति, नेपालबीच शनिबार साँझ गृहमन्त्रालयमा पाँचबुदे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले...
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौं, नेपालमा पश्चिमी वायु सक्रिय भएको छ । पश्चिमी वायु सक्रिय भएकै कारण देशको पश्चिमी र मध्य क्षेत्रको मौसम बदली...