२०८१ बैशाख ८
April 20, 2024, Saturday

लागुऔषधसहित तीन पक्राउ

लागुऔषधसहित तीन पक्राउ

काठमाडौं ।  पुर्नवास नरपालिका–४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई आज बिहान पक्राउ गरेको छ ।

लागुऔषधसहित भारतबाट से३प ७५२५ नंको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ परेकाहरुको साथबाट नेट्राभेट १० नामक लागुऔषध ट्याबलेट १३ थान, नेपाली रुपैयाँ ३५० र मोबाइल तीन थान बरामद गरिएको छ ।

बरामद लागुऔषध, नगद रकम, मोबाइल, मोटरसाइकलसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको छ ।

Related News

महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
महसुल नतिरेपछि सम्राट सिमेन्टको काटियो विजुली
  • २०७८ पुष ६, मंगलवार ०९:१७ गते

घोराही, वैशाख ५ गते। दाङको सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योगले विद्युत महसुल नबुझाएपछि बिजुली काटिएको छ। सम्राट सिमेन्ट उद्योगले करिब ६...

सुप्रिम सहकारी पीडित आन्दोलित
सुप्रिम सहकारी पीडित आन्दोलित
  • २०७८ पुष ६, मंगलवार ०९:१७ गते

बुटवल– सुप्रिम बचत तथा सहकारी संस्थाका पीडितहरू आन्दोलनमा उत्रेका छन् । संस्थाका पूर्व अध्यक्ष गितेन्द्रबाबु राईसहितका व्यक्तिलाई पक्राउको माग गर्दै...

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी
सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी
  • २०७८ पुष ६, मंगलवार ०९:१७ गते

सल्यान । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा केहिबेर अघि बस दुर्घटना भएको हो । ...

TOP