२०८० आश्विन ५
September 22, 2023, Friday

कांग्रेस महाधिवेशन : लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

कांग्रेस महाधिवेशन : लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य ९लुम्बिनी प्रदेश० पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते दुई पदका लागि भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल दुई हजार ७२७ तथा चन्द्रबहादुर केसी दुई हजार २६७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यस्तै महेन्द्रकुमार शर्माले एक हजार ७७३, लेखनाथ पोखरेलले एक हजार ५२७, प्रदीपराज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत प्राप्त गर्नुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी केन्द्रीय सदस्य लुम्बिनी प्रदेश महिलातर्फ शिला शर्मा खड्का दुई हजार ६७३ मत प्राप्त गरी विजयी हुनुभएको छ । यस्तै रीता सेन ओलीले एक हजार ४६३ र भगवती काफ्ले ९भण्डारी०ले ४१४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

Related News

नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
  • २०७८ पुष ७, बुधबार ०८:२८ गते

नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त...

टीकापुर घटनाका संलग्न व्यक्ति बाल सुधार गृहबाट रिहा
टीकापुर घटनाका संलग्न व्यक्ति बाल सुधार गृहबाट रिहा
  • २०७८ पुष ७, बुधबार ०८:२८ गते

टीकापुर घटनामा संलग्न रहेका व्यक्ति पोखरा बाल सुधार गृहबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी...

राजस्व संकलन भद्रगोल र लुटकारी भएको भन्दै आजपा सडक संघर्षमा
राजस्व संकलन भद्रगोल र लुटकारी भएको भन्दै आजपा सडक संघर्षमा
  • २०७८ पुष ७, बुधबार ०८:२८ गते

काठमाडौं । आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरुस्कारको ब्यवस्था खारेजको माग गरेको छ ।...

TOP