२०७९ चैत्र १३
March 27, 2023, Monday

प्रदेश नं २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

प्रदेश नं २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । जनकपुरधामस्थित गोपाल धर्मशालामा अहिले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको तालिका तय गरिएको छ ।

निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्ष प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्वको टुङ्गो लगाउने प्रयास असफल भएपछि छुट्टाछुट्टै प्यानल बनाइ उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् ।

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने संस्थापन इतर पक्षले कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

संस्थापन समूहबाट उपसभापतिमा सर्लाहीका वीरेन्द्र सिंह र बाराका चन्द्रशेखर यादव, महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका वृहस्पतिकुमार श्रेष्ठ तथा सहमहामन्त्रीमा बाराका जयनारायण यादव, सप्तरीका परशुराम चौधरी र सप्तरीकै रीता यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै संस्थापन इतर समूहबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका विनोद खनाल, महामन्त्रीमा सिरहाका नरेश यादव र सर्लाहीकै हरेस महतो तथा सहमहामन्त्रीमा पर्साका अरविन्द अमात्य, महोत्तरीका विनोद यादव र बाराका निर्मला सुवेदीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । प्रदेश २ का आठ जिल्लाको ६४ प्रदेश निर्वाचन क्षेत्रबाट गरी दुई हजार मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।रासस

Related News

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ हुँदै
  • २०७८ पुष ७, बुधबार ०८:२४ गते

काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...

कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने
कांँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, मन्त्री र उपनिर्वाचन उम्मेदवार टुङ्ग्याउने
  • २०७८ पुष ७, बुधबार ०८:२४ गते

काठमाडौ, नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंगलबार बिहान ९ बजेका लागि...

मन्त्रिपरिषद् विस्तारमा भएको सकस हटेन, मन्त्री नहुँदा काम भद्रगोल
मन्त्रिपरिषद् विस्तारमा भएको सकस हटेन, मन्त्री नहुँदा काम भद्रगोल
  • २०७८ पुष ७, बुधबार ०८:२४ गते

काठमाडौं, मन्त्रिपरिषद् विस्तारमा सकस देखिएको छ । विश्वासको मत लिएको ८ दिन वितिसक्दा पनि प्रधामन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्न...

TOP