२०७९ मंसिर १२
November 28, 2022, Monday

एमसीसीकै कारण गठबन्धन भत्किँदैन-प्रचण्ड

एमसीसीकै कारण गठबन्धन भत्किँदैन-प्रचण्ड

 काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् ।

न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले एमसीसीकै कारण गठबन्धन नतोडिने बताएका हुन् ।  उनले एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले  अनावश्यक दबाब नदिने पनि बताए ।

 ‘हिजोमात्रै मेरो प्रधानमन्त्रीसँग कुरा भयो । बुद्धिजीवी नागरिकहरूको बैठक बस्ने (एमसीसीबारे) कि भन्ने थियो । हाम्रो राष्ट्रिय सम्मेलन आइसक्यो भनेपछि उहाँले हुन्छ हुन्छ राष्ट्रिय सम्मेलनपछि गरौँ भनेर सहज ढंगले सहयोगी रूप देखाउनुभयो । प्रधानमन्त्रीले पनि यो विषय बुझ्नुभएको छ र अनावश्यक रूपले प्रेसर आउँछ भन्ने लाग्दैन,’ उनले भने ।

Related News

चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
चुनावी परिणामलाई लिएर कांग्रेसमा कलह ! मतदाताको विद्रोह नबुझ्नेले मलाई आरोप लगाए : महामन्त्री थापा
  • २०७८ पुष ८, बिहीबार १५:०४ गते

काठमाडौं, चुनावी परिणामसँगै ठुला दलमा अन्तरघातको चर्चा हुन थालेको छ । कांग्रेसमा गुटको लडाइँका कारण कतिपय उम्मेदवार पराजित भएको भन्दै...

७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
७० वर्ष भन्दा माथिका १२ जना निर्वाचित, सोविता गौतम सबैभन्दा कम उमेरकी सांसद
  • २०७८ पुष ८, बिहीबार १५:०४ गते

काठमाडौं, प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनतर्फ युवा समूहबाट नगण्य मात्र प्रतिनिधित्व भएको छ। १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा...

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले महोत्सव ओझेलमा
  • २०७८ पुष ८, बिहीबार १५:०४ गते

जनकपुरधाम, विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ। पछिल्ला २/३ वर्षदेखि कोरोनाको संक्रमणको भयका...

TOP