काठमाडौं । नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका चयनका लागि मतदान शुरु भएको छ ।
कडा सुरक्षा व्यवस्थासहित जनकपुरधामस्थित गोपाल धर्मशालामा आज बिहान ९ः३० बजेदेखि मतदान सुरु भएको हो ।
निर्वाचन समितिले बुधबार नै मतदान गर्ने गरी तालिका सार्वजनिक गरेको थियो । तर, मतपत्र छपाइलगायत तयारी पूरा नहुँदा आजका लागि सारिएको हो । दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको समितिका सदस्य विनय सिंहले जानकारी दिए ।
संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा रहेको स्यार्पु तालको पर्यटन पवर्द्धन गर्नका लागि स्यार्पु पर्यटन...
करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् ।...