२०७९ भाद्र २
August 18, 2022, Thursday

पुस १७ गतेदेखि बूढानीलकण्ठमा रेस्लिङ प्रतियोगिता

पुस १७ गतेदेखि बूढानीलकण्ठमा रेस्लिङ प्रतियोगिता


काठमाडौं । पहिलो संस्करणको आरडब्लु विन्टर स्लाम २०२१ पुष १७ गतेबाट हुने भएको छ।

बूढानीलकण्ठ नगरपालिका- १३ र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा शनिबारदेखि बूढानीलकण्ठस्थित चुन्निखेल मैदानमा प्रतिष्ठित रेस्लरहरूसहित प्रतियोगिता आयोजना हुने नेपाल रिङ रेस्लिङ संघले जनाएको छ ।

प्रतियोगितामा नुवाकोटे टाइगर, चटान, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, किङ रोबोट, सिजे, एससी, जोन, बाका, यूबीएल लगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल रिङ रेस्लिङ संघका महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन्।

प्रतियोगितामा हेभी वेट च्याम्पियनले ७५ हजार, हार्डकोर च्याम्पियनले ६५ हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४० हजार, लाइट वेट च्याम्पियनले ३५ हजार रुपैयाँ पाउनेछन्। बूढानीलकण्ठस्थित चुन्निखेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुनेछ।

Related News

एक दिवसिय क्रिकेटमा स्कटल्याण्डमाथि नेपालको पहिलो जित
एक दिवसिय क्रिकेटमा स्कटल्याण्डमाथि नेपालको पहिलो जित
  • २०७८ पुष ८, बिहीबार १०:५२

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू क्रिकेट अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय श्रृंखलामा नेपालले पहिलो जित निकालेको छ ।...

भरतपुर विमानस्थल, क्रिकेट रंगशाला, हुलाकी सडकको काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
भरतपुर विमानस्थल, क्रिकेट रंगशाला, हुलाकी सडकको काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
  • २०७८ पुष ८, बिहीबार १०:५२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी...

फाइनल खेल चलिरहँदा पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा आगलागी
फाइनल खेल चलिरहँदा पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा आगलागी
  • २०७८ पुष ८, बिहीबार १०:५२

पाेखरा । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट...

TOP