२०८० आश्विन ५
September 22, 2023, Friday

सामाजिक सुरक्षाभत्ता लिन सास्ती

सामाजिक सुरक्षाभत्ता लिन सास्ती

काठमाडौं ।  महोत्तरीमा सामाजिक सुरक्षाको रकम बुझ्न गएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्ति बैंकको लापरवाहीका कारण सास्ती भोग्न बाध्य भएका छन् ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा एकल महिला भत्ता, बालबालिकालाई पोषणभत्ता, अपाङ्गता भएकालाई अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक वृद्धवृद्धालाई सामाजिक सुरक्षाभत्ता बैंकमार्फत दिन थालिएको छ । भत्ता बुझ्न सास्ती भएको जलेश्वर नगरपालिका– ८ का वृद्ध बहादुर महराले बताउनुभयो । बैंकले सेवाग्राहीलाई दिनदिनै बोलाउने गरेको कुनै पनि व्यक्तिको काम एकदिनमै नगर्दा सदरमुकाम आवतजावत गर्न सकस भएको जलेश्वर नगरपालिका–३ की शिलादेवीको भनाइ छ । जलेश्वरस्थित प्रभु बैंकमा तीन दिन धाउँदा पनि भत्ता पाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

बैंकले एक दिनमा २०÷२५ जनालाई मात्रै भत्ता बाड्ने गरेको छ । भत्ता लिन लक्ष्मी बैंक पुग्नुभएका जलेश्वर नगरपालिका–११ का विलक्षण खत्वेले चार दिनदेखि धाउँदै आएपनि पाउन नसकेको गुनासो गर्नुभयो । घण्टौं लाइनमा बसेपनि काम नहुँदा रित्तै फर्किनुपरेको उहाँले सुनाउनुभयो ।

स्थानीय तहले सामाजिक सुरक्षा रकममा अनियमितता नहोस् भनेर बैंकिङ प्रणाली अपनाएको हो । रासस

Related News

विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
  • २०७८ पुष ८, बिहीबार १४:४७ गते

काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत...

बानेश्वरमा शिक्षक र प्रहरीबीच भिडन्त
बानेश्वरमा शिक्षक र प्रहरीबीच भिडन्त
  • २०७८ पुष ८, बिहीबार १४:४७ गते

सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा भिडन्त भएको छ।...

गोरखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो
गोरखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो
  • २०७८ पुष ८, बिहीबार १४:४७ गते

गोरखामा गोरखा दरौदी यातायातको यात्रुवाहक बस एक आपसमा ठोक्किएको छ । भीमसेन थापा गाउँपालिका–५ को बगुवामा बुधबार बिहान १० बजे...

TOP