२०८१ बैशाख ४
April 16, 2024, Tuesday

चार हजारको मतदाता नामावली दर्ता

चार हजारको मतदाता नामावली दर्ता

काठमाडौं ।  तनहुँ जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानमा स्थानीय तहबाट चार हजार मतदाताको नामावली सङ्कलन गरिएको छ । पहिलोचरणमा जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित अभियानमा तीन हजार ९१४ जनाको फोटोसहितको नामावली सङ्कलन गरिएको हो । भिमाद नगरपालिकाबाट एक हजार १७, घिरिङ गाउँपालिकाबाट ७२९, म्याग्दे गाउँपालिकाबाट ५३५, बन्दिपुर गाउँपालिकाबाट ९२५ र देवघाट गाउँपालिकाबाट ७०८ जनाको नामावली सङ्कलन भएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

गत मङ्सिर १७ गतेदेखि २६ गतेसम्म पहिलो चरणमा पाँच स्थानीय तहमा अभियान सञ्चालन गरिएको थियो । यही अवधिमा प्रशासन कार्यालयबाट ३६३ र निर्वाचन कार्यालयबाट १३८ जनाको नामावली सङ्कलन भएको थियो । जिल्ला बाहिरका ३१ जनाले पनि निर्वाचन कार्यालयबाट नामावली दर्ता गराएको उहाँले बताउनुभयो । यसबीचमा चार हजार ४४६ जनाको विवरण सङ्कलन भएको छ । “दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ,” उहाँले भन्नुभयो,“परिचयपत्र हराएकाले पनि पुनःनाम दर्ता गराएको हुनसक्छ ।”

दोस्रो चरणमा मङ्सिर २९ गतेदेखि पुस ९ गतेसम्म शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली सङ्कलन हुँदै आएकामा सर्वसाधारणको सहजताका लागि स्थानीय तहबाटै सङ्कलन अभियान सुरु गरिएको हो ।

मतदाता नामावली सङ्कलनका लागि नौ दर्तास्थल व्यवस्थापक, पाँच दर्ता कर्मचारी, नौ सहायक दर्ता कर्मचारी र नौ दर्तास्थल सहायक गरी ३२ कर्मचारी परिचालन गरिएको छ । सङ्कलन गरिएको विवरण पुस १० गतेदेखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ । स्थानीय तह निर्वाचन २०७४ मा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेकामा प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा दुई लाख ११ हजार ४४६ मतदाता पुगेका थिए । विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता दुई लाख २७ हजार ४६ पुगेको कार्यालयले जनाएको छ । लू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म दुई हजार ८१७ मतदाता थपिएका छन् ।रासस

Related News

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
  • २०७८ पुष ८, बिहीबार ११:३० गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको...

काठमाडौं महानगरपालिकाले राप्रपालाई कारवाही गर्ने चेतावनी
काठमाडौं महानगरपालिकाले राप्रपालाई कारवाही गर्ने चेतावनी
  • २०७८ पुष ८, बिहीबार ११:३० गते

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलनको क्रममा जथाभावी फोहोर गरेको भन्दै कारवाही गर्ने चेतावनी दिएको छ । राजा फर्काउने आन्दोलनमा...

मधेसवादी दलहरु भ्रष्टाचारमा डुबे–आजपा नेता साह
मधेसवादी दलहरु भ्रष्टाचारमा डुबे–आजपा नेता साह
  • २०७८ पुष ८, बिहीबार ११:३० गते

काठमाडौं ।सद्भावना पार्टीका सिरहा जिल्ला पूर्व अध्यक्ष भरत प्रसाद साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । आजपाको...

TOP