२०८० चैत्र १६
March 29, 2024, Friday

राजनीतिकर्मी खतिवडाको कृति ‘अभियन्ता’ लोकार्पित

राजनीतिकर्मी खतिवडाको कृति ‘अभियन्ता’ लोकार्पित

काठमाडौं । शिक्षक तथा वामपन्थी आन्दोलनबाट परिचित बद्रीप्रसाद खतिवडाद्वारा लिखित कृति ‘अभियन्ता’ आज यहाँ लोकार्पण गरिएको छ । घोष्ट राइटिङ नेपालबाट प्रकाशित कृतिमा लेखकका विद्यार्थी, शिक्षक, वामपन्थी तथा छयालीस सालको आन्दोलनमा संलग्न हुँदाका अनुभव, भ्रमण र केही नयाँ योजनाका विषय संलग्न छन् । कुनै समय हरियाली नेपाल पार्टी पनि खोल्नुभएका खतिवडा हाल दलित मुक्ति तथा छुवाछुत विरोधी आन्दोलनमा संलग्न हुनुहुन्छ ।

प्रजातन्त्र, मानवाधिकार र वातावरणसम्बन्धी क्षेत्रमा क्रियाशील लेखकको ८८औँ जन्मोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा नेकपा९एकीकृत समाजवादी०का सम्मानित नेता झलनाथ खनालले खतिवडा जस्ता व्यक्तित्वका कारण नेपालको वामपन्थी आन्दोलन यहाँसम्म आएको जनाउँदै अब क्रान्तिकारी वामपन्थी दलहरूको अगुवाइमा समाजवादको दिशामा लाग्नुपर्नेमा जोड दिनुभयो । चेतनाका वाहक शिक्षकलाई आफ्नो शिक्षण क्रियाकलापमा बाधा नपु¥याई जुनसुकै विचारमा लाग्न स्वतन्त्रता हुनुपर्ने धारणा पनि उहाँले राख्नुभयो । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले न्यायालयको विकृति टुलुटुलु हेर्न नसकिने बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक अध्यक्ष लेखक खतिवडाले आफूहरूले २०३६ साल वैशाखमा हेटौँडामा शुरु गरेको शिक्षक तथा विद्यार्थी आन्दोलनले सोही साल जेठ १० गते जनमतसङ्ग्रहको घोषणा गराउन बाध्य पारिएको विचार राख्दै मिचिएको सीमा फिर्ता ल्याउन र दलितहरूलाई मुक्त गराउन वर्तमान सरकारलाई आग्रह गर्नुभयो । नेपाल जनप्रगतिशील पार्टीका संयोजक हृदयेश त्रिपाठीले वामपन्थी आन्दोलन अगाडि बढाउन खतिवडाहरूले गरेको अग्रपङ्क्तिको आन्दोलनले मुलुकमा वामपन्थी आन्दोलन अघि बढेको बताउनुभयो ।

सो अवसरमा वाग्मती प्रदेशसभाका सदस्य मुनु सिग्देल९लेखककी बुहारी०, कृतिका सम्पादक टङ्क पन्त, घोष्ट राइटिङका अध्यक्ष कमल ढकाल, इञ्जिनीयर नवराज खतिवडा, लेखककी नातिनी शृङ्खला खतिवडा, साहित्यकार मुकुन्द आचार्य र पाण्डवराज कार्कीले खतिवडा सबैका प्रेरणास्रोत भएको र कृतिमा नेपालको इतिहासका मुख्य खण्ड समाविष्ट भएको जनाउनुभयो । कृतिमा महत्वपूर्ण रङ्गीन तस्बिर पनि समाविष्ट छन् ।

समारोहमा लेखक खतिवडालाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालेखकका सुपुत्रलगायत परिवार, सहभागी अतिथिलगायतले जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभएको थियो ।रासस

Related News

जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
जनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले काठमाडौंमा विशाल जनप्रदर्शन गर्ने
  • २०७८ पुष ८, बिहीबार १७:३२ गते

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने...

रास्वपाबाट अलग भए रमेश खरेल
रास्वपाबाट अलग भए रमेश खरेल
  • २०७८ पुष ८, बिहीबार १७:३२ गते

रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् ।...

दीपक कार्की बने वन तथा वातावरण राज्यमन्त्री
दीपक कार्की बने वन तथा वातावरण राज्यमन्त्री
  • २०७८ पुष ८, बिहीबार १७:३२ गते

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP