२०७९ असार ११
June 25, 2022, Saturday

अपरेटरले तलब नपाउँदा विद्युत् सेवा बन्द

अपरेटरले तलब नपाउँदा विद्युत् सेवा बन्द

काठमाडौं । विद्युत्का अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको छ ।

विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा बुधबारदेखि बन्द गरेका हुन् । गत वर्ष माघदेखि विद्युत् सञ्चालन गर्दै आएको भए पनि आफूहरुले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटर लामाले बताउनुभयो ।

विद्युत् बन्द गरिएपछि दुई वडाका २२० घरधुरी अन्धकारमा बस्न बाध्य छन् । खोल्सीगाउँका ९० घरधुरी, लामाखोल्सी र खगाँलगाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अपरेटरलाई तलब खुवाउने निर्णय थियो । उक्त निर्णय उल्लङ्घन गर्दै आफूहरूलाई तलब नदिएपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको अपरेटर लामाले बताउनुभयो ।

तलबका लागि प्रत्येक घरपरिवारले रु १०० सङ्कलन गर्नुपर्ने हो । त्यो रकम सङ्कलन नगर्दा आफूहरुले विद्युत् सेवा बन्द गरी ताला लगाएको लामाको भनाइ छ । तलब नदिँदासम्म अनिश्चतकालका लागि विद्युत् सेवा बन्द गरिने उहाँले बताउनुभयो ।रासस

Related News

१७ दिनदेखि हराएका बालक अझै फेला परेनन्
१७ दिनदेखि हराएका बालक अझै फेला परेनन्
  • २०७८ पुष ९, शुक्रबार १०:५३

सुर्खेत – कालिकोट नरहरिनाथ–९, लालु घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ छवि आधारभूत विद्यालयमा अध्ययनरत १४ वर्षीय विनोद विक १७ दिनदेखि...

एकैदिन कास्कीमा भूकम्प, गोरखामा परकम्प
एकैदिन कास्कीमा भूकम्प, गोरखामा परकम्प
  • २०७८ पुष ९, शुक्रबार १०:५३

काठमाडौं । कास्की र गोरखामा आज भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुस आसपास...

कोहलपुर-सुर्खेत-दैलेख प्रसारणलाइनमा अवरोध नै अवरोध
कोहलपुर-सुर्खेत-दैलेख प्रसारणलाइनमा अवरोध नै अवरोध
  • २०७८ पुष ९, शुक्रबार १०:५३

८ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जहिले पनि भन्ने गर्छन् ‘विद्युत प्रसारण लाइनको एउटा टावर...

TOP