२०७९ असार ११
June 25, 2022, Saturday

भारतमा थप छहजार ६५० जनालाई कोरोना सङ्क्रमित

भारतमा थप छहजार ६५० जनालाई कोरोना सङ्क्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसबाट थप छहजार ६५० सङ्क्रमित भएपछि यहाँ कूल सङ्क्रमितको संख्या तीन करोड ४७ लाख ७२ हजार ६२६ पुगेको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । तीमध्ये ३५८ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ८८ जना, दिल्लीमा ६७, जना ओमिक्रोनका सङ्क्रमित रहेका छन् । ओमिक्रोनका ११४ जना सङक्रमित भने निको भएका जनाइएको छ ।

सोही अवधिमा थप ३७४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ७९ हजार १३३ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । पछिल्ला हप्ताहरूमा सङ्क्रमणको तुलनामा मृत्युदरमा भने उल्लेख्यरूमा कमी आएको देखिएको बताइएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७७ हजार ५१६ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०।२२ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या ७७५ दिनको नै सब भन्दा कम रहेको अधिकारीले जनाएका छन् ।

गएको २४ घण्टामा भारतमा सात हजार ५१ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख १५ हजार ९७७ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.४२ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६६ करोड ९६ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३८ करोड ४३ लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

Related News

मोदीको एउटा निर्णयले सारा नेपालीको ध्यान खिच्यो
मोदीको एउटा निर्णयले सारा नेपालीको ध्यान खिच्यो
  • २०७८ पुष ९, शुक्रबार १७:२३

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी भारतीय जनता पार्टी (भाजपा)का सदस्य हुन् । उनको पार्टीले गरेको एउटा निर्णयले सम्पूर्ण...

अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे
अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडे
  • २०७८ पुष ९, शुक्रबार १७:२३

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। शनिबार बिहान प्रथम महिला जिल बाइडेनसँग साइकल चलाउने क्रममा उनी लडेका...

डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पुर्याइदिन्छु भन्ने कार्की पक्राउ
डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पुर्याइदिन्छु भन्ने कार्की पक्राउ
  • २०७८ पुष ९, शुक्रबार १७:२३

काठमाडौँ – डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पु¥याइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । बाराको...

TOP