२०७९ चैत्र ९
March 23, 2023, Thursday

कोभिड सङ्क्रमण बढ्न थालेपछि दिल्लीमा पुनः रात्रिकालीन निषेधाज्ञा

कोभिड सङ्क्रमण बढ्न थालेपछि दिल्लीमा पुनः रात्रिकालीन निषेधाज्ञा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन निषेधाज्ञा ९कर्फ्यु० लगाउने निर्णय गरेको छ ।

ओमिक्रोन भेरियन्टसँग जोडिएका सङ्मित विरामीको सङ्ख्या वृद्धि भएपछि सरकारले यो घोषणा गरेको हो । सरकारले सोमबारदेखि नै लागू हुनेगरी राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो ।

पछिल्लो २४ घण्टामा दिल्लीका २९० थप व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ । उक्त सङ्ख्या पछिल्लो छ महिना यताकै सर्वाधिक भएको बताइएको छ । पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको छ भने यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १०० भन्दा बढी छ ।

भारतमा पछिल्लो २४ घण्टामा करिब सात हजार नयाँ सङ्क्रमणका घटना देखिएको संघीय सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

हालसम्म भारतमा ४०० भन्दा बढी व्यक्तिमा ओमिक्रोन भेरिअन्ट सङ्क्रमण पुष्टि भएका बताइएको छ ।

Related News

अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प
  • २०७८ पुष १२, सोमबार १४:१६ गते

एजेन्सी, अफगानिस्तानको फैजावाद केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ...

इक्वेडरमा शक्तिशाली भूकम्प, कम्तीमा १२ जनाको मृत्यु
इक्वेडरमा शक्तिशाली भूकम्प, कम्तीमा १२ जनाको मृत्यु
  • २०७८ पुष १२, सोमबार १४:१६ गते

एजेन्सी, इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार दिउँसो...

बैंकहरु डुब्न नदिन जस्तोसुकै काम गर्ने बाइडेनको घोषणा
बैंकहरु डुब्न नदिन जस्तोसुकै काम गर्ने बाइडेनको घोषणा
  • २०७८ पुष १२, सोमबार १४:१६ गते

एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेनले बैंकहरूलाई डुब्नबाट जोगाउन अमेरिकाले जस्तोसुकै काम गर्न तयार रहेको बताएका छन्। बाइडेनको बयान यस्तो समयमा...

TOP