२०८० आश्विन १२
September 29, 2023, Friday

छड्केमा परे १४९ कर्मचारी

छड्केमा परे १४९ कर्मचारी

राष्ट्रिय सतर्कता केन्द्रले यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् ।

‘भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार पुगेको राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको टोलीले छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा यहाँका कर्मचारीले कार्यालय समय पालना नगरेको र नेपाल सरकारद्वारा तोकिएको पोशाक नलगाएको पाइएको सचिव घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार सुर्खेतका विभिन्न कार्यालयमा गरिएको उक्त छड्के अनुगमनका क्रममा ११८ कर्मचारी कार्यालयमा अनुपस्थित रहेका र ३१ कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको छ ।

सोही क्रममा सामाजिक विकास मन्त्रालयमा २८, कृषि विकास निर्देशनालयमा आठ, ऊर्जा विकास कार्यक्रममा पाँच, मालपोत कार्यालयमा १५, भू–जलाधार व्यवस्थापन कार्यालयमा नौ, यातायात व्यवस्था कार्यालयमा छ, खानेपानी तथा सिँचाइ कार्यालयमा पाँच, नापी तथा डिभिजन वन कार्यालयमा एक÷एक कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।

स्थानीय तहअन्तर्गत वीरेन्द्रनगर नगरपालिकामा २२ र गुर्भाकोट नगरपालिकामा २३ कर्मचारी अनुपस्थित रहेका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

Related News

स्यार्पु पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव शुरु, मुख्यमन्त्री शर्माद्वारा उट्घाटन
स्यार्पु पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सव शुरु, मुख्यमन्त्री शर्माद्वारा उट्घाटन
  • २०७८ पुष १२, सोमबार १५:०९ गते

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा रहेको स्यार्पु तालको पर्यटन पवर्द्धन गर्नका लागि स्यार्पु पर्यटन...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
  • २०७८ पुष १२, सोमबार १५:०९ गते

करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण...

इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल वसन्तपुरमा
इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल वसन्तपुरमा
  • २०७८ पुष १२, सोमबार १५:०९ गते

राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर पुग्नुभएको छ । राष्ट्रपति रामचन्द्र जुद्धशमशेरको सालिकदेखि  हिँडेर वसन्तपुर इन्द्रजात्रा अवलोकन गर्न पुग्नुभएको...

TOP