२०८० आश्विन ५
September 22, 2023, Friday

जीर्ण सडक र मानवीय लापरबाहीले सडक दुर्घटना धेरै

जीर्ण सडक र मानवीय लापरबाहीले सडक दुर्घटना धेरै

यही कात्तिक २१ गते सल्यानबाट दाङ आउँदै गरेको रा १ ख २५५२ नम्बरको यात्रु बोकेको बस कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटनामा प¥यो । सो बसमा सवार १२ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए ।

घोराही १० नारायणपुरकी इन्दिरा अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । इन्दिराका भाइ प्रमोद गौतम र उहाँकी बहिनी सख्त घाइते हुनुभयो । तिहारको टीका लगाएर दाङ फर्कंदै गर्दा उहाँँहरु सवार बस दुर्घटनामा परेको थियो । बस खसेपछि आफूले केही थाहा नपाएको र घटना भएको आधा घण्टापछि अर्ध होसको अवस्थामा घरमा श्रीमतीलाई फोन गरेर आफू चढेको बस दुर्घटना भएको जानकारी गराएको उहाँले बताउनुभयो ।

कोहलपुर अस्पतालमा १५ दिन सघन उपचार कक्षमा उपचार गरेर केही सुधार भएपछि नेपालगञ्जमा एक महिना थेरापी गरेपछि अहिले घरमा आराम गरिरहेको उहाँले बताउनुभयो । उहाँको घाँटी र छातीमा चोट लागेकाले निको हुन समय लाग्ने डाक्टरले बताएको उहाँले भन्नुभयो । प्रमोद र उहाँकी बहिनी गम्भीर घाइते हुनुभएको थियो ।

घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवा नजिकै यही कात्तिक ७ गते घोराहीबाट तुलसीपुर जाँदै गरेको ना ख ७६३३ नम्बरको बस पल्टिँदा सोही बसका सहचालक घोराही १० का २८ वर्षीय प्रेम परियारको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए ।

अचेल सडक दुर्घटनाका घटना दैनिक जसो हुने गरेका छन् । यस्तो घटनामा ठूलो मानवीय क्षति हुने गरेको छ ।नेपाल पत्रकार महासङ्घ दाङ शाखा र ग्लोबल नेप्लिज न्यूज नेटवर्क युकेको आयोजनामा आइतबार ‘सडक दुर्घटना न्यूनीकरणमा कसको जिम्मेवारी’ विषयक अनलाइन अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शिवहरि सापकोटाले सडक सुरक्षामा सरकारले गरेका प्रयासको बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले यातायात व्यवस्था विभागबाट सञ्चालन गरिने सचेतनामूलक विभिन्न कार्यक्रम, सडक सूचना बोर्ड र सडक सङ्केत चिन्ह तथा राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०२१ देखि २०३०को बारेमा जानकारी गराउनुभएको थियो । काठमाडौँ मेडिकल कलेजका कम्युनिटी मेडिसिनका विभागीय प्रमुख डा सुनीलकुमार जोशीले जीर्ण सडक र पुराना गाडीका कारण सडक दुर्घटना दिनप्रतिदिन वृद्धि भएको बताउनुभयो ।

डा पुष्पराज पन्तले दुर्घटना न्यूनीकरणमा गर्न सकिने उपायमा हेलमेट लगाएर मात्र सवारी चलाउने, मादकपदार्थ सेवन गरी सवारी नहाक्ने, तीव्रगतिमा सवारी नहाक्ने, सवारी चलाउदा मोबाइल फोन प्रयोग नगर्ने, सडक सङ्केत चिन्हको पालना गर्ने र पैदलयात्रुलाई पहिलो प्राथमिकता दिने हो भने सडक दुर्घटनाले भइरहेको क्षति, दुर्घटना कम गर्न सकिने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्रसिंह थापाले दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन जाँच, कारबाही र सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । कच्ची सडक जस्ताको तस्तै हुनु, सवारीको चाप वृद्धि हुँदै गएको र मानवीय लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको उहाँले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं सडक दुर्घटना र चोटपटकसम्बन्धी अनुसन्धानकर्ता भगवती सेढाइँले कार्यक्रमको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारले सडकलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । ट्राफिक प्रहरीको सक्रियता, सडकको अवस्था सुधार, सवारी चालक अनुमतिपत्र वितरणमा गम्भीरता जस्ता विषयमा सरोकारवालाले ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो । पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले सडक दुर्घटना न्यूनीकरणमा मिडियाले खेल्न सक्ने भूमिकाबारे प्रकाश पार्नुभएको थियो ।

Related News

विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
विमानस्थलबाट अमेरिकी डलरसहित दुईजना पक्राउ
  • २०७८ पुष १२, सोमबार १५:४९ गते

काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत...

बानेश्वरमा शिक्षक र प्रहरीबीच भिडन्त
बानेश्वरमा शिक्षक र प्रहरीबीच भिडन्त
  • २०७८ पुष १२, सोमबार १५:४९ गते

सरकारले सदनमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै देशभरबाट काठमाडौं उत्रिएका आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा भिडन्त भएको छ।...

गोरखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो
गोरखामा यात्रुवाहक बस एकआपसमा ठोक्कियो
  • २०७८ पुष १२, सोमबार १५:४९ गते

गोरखामा गोरखा दरौदी यातायातको यात्रुवाहक बस एक आपसमा ठोक्किएको छ । भीमसेन थापा गाउँपालिका–५ को बगुवामा बुधबार बिहान १० बजे...

TOP