२०७९ मंसिर २४
December 10, 2022, Saturday

निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोत साधनको आँकलनबारे छलफल

निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोत साधनको आँकलनबारे छलफल

काठमाडौं । नेपाल सरकारले आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचन र आगामी स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोतसाधनबारे सम्बन्धित निकायका पदाधिकारीसँग छलफल सुरु गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज विभिन्न मन्त्रालयका मन्त्री, सचिव र सुरक्षा निकायका प्रतिनिधिहरूसहितको संयुक्त बैठकमा सुरक्षा रणनीति र बन्दोबस्तीका सामानबारे सुझाव लिईएको छ । बैठकमा निस्पक्ष, सुरक्षित र शान्तिपूर्ण निर्वाचनका लागि निर्वाचनमा सुरक्षा सरोकारका विषय तथा निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आँकलन र व्यवस्थापनसम्बन्धी विविध विषयमा छलफल भएको हो ।

बैठकमा अर्थ, रक्षा, परराष्ट्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलगायत सबै सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो । बैठकमा विभिन्न प्रस्ताव आएका र प्राप्त सुझावका आधारमा योजना बनाउने, स्रोत साधनको आँकलन गर्ने, व्यवस्थापन गर्नेलगायत विषयमा पुनः छलफल गरेर अघि बढ्ने गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो ।

Related News

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक, अन्तरिम आदेश जारी
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक, अन्तरिम आदेश जारी
  • २०७८ पुष १२, सोमबार १७:४४ गते

काठमाडौ, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च प्रवेश गर्न नपाउने भएका छन्। उनलाई नियमित काममा फर्किन रोक लगाउन माग गर्दै परेको...

जबरालाई सफाइ दिने निर्णयविरुद्धको रिटमाथि बहस सकियो, न्यायाधीशहरू छलफलमा
जबरालाई सफाइ दिने निर्णयविरुद्धको रिटमाथि बहस सकियो, न्यायाधीशहरू छलफलमा
  • २०७८ पुष १२, सोमबार १७:४४ गते

काठमाडौं, महाभियोग प्रस्ताव आएपछि गत फागुन–१ देखि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सफाइ दिने गरी पत्र दिने निर्णयविरुद्धको रिटमातिथको बहस...

पुष्पकमल, बाबुराम र रामचन्द्रबीच भेटवार्ता
पुष्पकमल, बाबुराम र रामचन्द्रबीच भेटवार्ता
  • २०७८ पुष १२, सोमबार १७:४४ गते

काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र...

TOP