२०८० आश्विन ५
September 22, 2023, Friday

सोमालियामा निर्वाचनसम्बन्धी विवादपछि प्रधानमन्त्री निलम्बनमा

सोमालियामा निर्वाचनसम्बन्धी विवादपछि प्रधानमन्त्री निलम्बनमा

काठमाडौं । सोमालियाका राष्ट्रपति मोहमद अब्दुल्लाही मोहमदले सोमबार प्रधानमन्त्री मोहमद हुसैन रोब्लेलाई निलम्बन गरिएको घोषणा गर्नुभएको छ । संकटग्रस्त यस अफ्रिकी मुलुकमा लामो समयसम्म रोकिएको निर्वाचन सम्पन्न गर्ने सम्बन्धमा दुई नेताबीच विवाद भएपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई निलम्बन गर्नुभएको राष्ट्रपतिको कार्यालयका एक अधिकारीले बताए ।

“राष्ट्रपतिले प्रधानमन्त्री मोहमद हुसेन रोब्लेलाई निलम्बन गर्ने र आफूले भ्रष्टाचार गरेको ठहरिएमा पदमा नरहने बताउनुभएको छ,” राष्ट्रपतिको कार्यालयले एक वक्तव्यमा भनेको छ ।

प्रधानमन्त्रीलाई जमिन ओगट्ने एक मुद्दाको छानबिनमा हस्तक्षेप गरेको र निर्वाचन प्रक्रियालाई लम्ब्याएको आरोप लगाउँदै निलम्बन गरिएको घोषणा गरिएको छ ।

फार्माजो भनेर चिनिने राष्ट्रपति मोहम्मद र प्रधानमन्त्री रोब्लेबीच लामो समयदेखि सत्ता सञ्चालनका विषयलाई लिएर सम्बन्ध विग्रिएको थियो । पछिल्लो घटनाक्रमले सोमालियाको राजनीतिक स्थिरतासहज नहुने नयाँ डर उत्पन्न गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको विवाद र प्रधानमन्त्रीको निलम्बनले सोमालियामा तत्काल निर्वाचन नहुने हो कि भन्ने चिन्ता थपिएको छ ।

आइतबार रोब्लेले राष्ट्रपतिले निर्वाचन प्रक्रिया तोडफोड गरेको आरोप लगाउनुभएको छ । सोमबारको निलम्बन घोषणाप्रति कुनै प्रतिक्रिया नदिए पनि रोब्लेले भन्नुभयो, “फार्माजोले स्वस्थ तथा विश्वसनीय निर्वाचन गर्न नचाहेको बताउनुभएको छ ।

अप्रिलमा फार्माजोले नयाँ निर्वाचन नगरी आफ्नो कार्यकाल लम्ब्याएपछि सरकार समर्थक तथा विपक्षी लडाकूहरूले मोगादिशुको सडकमा प्रदर्शनहरू गरेका थिए भने दर्जनौँ मानिसको झडपहरूमा परी मृत्यु भएको छ ।

Related News

क्यानडाबाट भारतीय भिसा बन्द भएको घाेषणा
क्यानडाबाट भारतीय भिसा बन्द भएको घाेषणा
  • २०७८ पुष १२, सोमबार १३:५५ गते

भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका...

चिनियाँ विदेशमन्त्रीलाई आफ्नो गृहनगरमा स्वागत गर्दै रुसी राष्ट्रपति
चिनियाँ विदेशमन्त्रीलाई आफ्नो गृहनगरमा स्वागत गर्दै रुसी राष्ट्रपति
  • २०७८ पुष १२, सोमबार १३:५५ गते

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनका विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा भेटवार्ता गर्नुहुने भएको छ । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार...

अमेरिकाद्वारा संविधान दिवसको शुभकामना
अमेरिकाद्वारा संविधान दिवसको शुभकामना
  • २०७८ पुष १२, सोमबार १३:५५ गते

संयुक्त राज्य अमेरिकाले नेपालको संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले विज्ञप्तिमार्फत अमेरिकाको...

TOP