२०७९ चैत्र ९
March 23, 2023, Thursday

दलित समुदायका ३७ बालिकालाई छात्रवृत्ति

दलित समुदायका ३७ बालिकालाई छात्रवृत्ति

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले कक्षा ६ मा अध्यनरत दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई जनही रु १२ हजारका दरले रु चार लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरेको छ । 

मोरङको थलाहामा आज आयोजित कार्यक्रममा कटहरी गाँउपालिकाको थलाहास्थित श्री जनता माविका २९ र धनपालथान गाउँपालिकाको दादर वैरियास्थित सरस्वती माविका आठ गरी ३७ बालिकालाई वर्ष २०७८ को छात्रवृत्ति रकम प्रदान गरिएको हो । ‘छोरी पढाऔँः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियानअन्तर्गत पाँच वर्षसम्म अर्थात् १० कक्षा पुगुञ्जेल यिनै बालिकाहरुलाई रु १२ हजारका दरले प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने समाजले विज्ञप्तिमार्फत जनाएको छ ।

पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु रामप्रसाद जोशीले दुई, अनुजा खनालले दुई, संवत थापाले दुई, अपूर्वा शर्माले दुई र उर्मिला पराजुलीले दुईलाई पाँच वर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, रामकृष्ण बराल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनाल गरी ३२ जनाले पाँच वर्षे छात्रवृत्ति अभियानका लागि पाँच वर्षभित्र रु २२ लाख २० हजार सहयोग गर्नुहुनेछ ।   

Related News

दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु
दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु
  • २०७८ पुष १३, मंगलवार १६:१८ गते

दैलेख, दैलेख सुर्खेत सडक खण्डको तालपोखरीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । नेपालगन्जदेखि मनकामना ग्याँस...

१९०२ मेगावाटको मुगु कर्णाली अघि बढाउने तयारी, भारतीय कम्पनीसँग सम्झौता हुँदै
१९०२ मेगावाटको मुगु कर्णाली अघि बढाउने तयारी, भारतीय कम्पनीसँग सम्झौता हुँदै
  • २०७८ पुष १३, मंगलवार १६:१८ गते

काठमाडौ, सरकारले मुगु कर्णालीलाई जलाशययुक्त जलविद्युत् आयोजनालाई अघि बढाउने तयारी गरेको छ। अध्ययन भएका आयोजनामध्ये यो सबैभन्दा ठूलो जलविद्युत् आयोजना...

वैदेशिक रोजगारीमा रहेका र स्वरोजगार नेपाली आजदेखि सामाजिक सुरक्षा योजनामा
वैदेशिक रोजगारीमा रहेका र स्वरोजगार नेपाली आजदेखि सामाजिक सुरक्षा योजनामा
  • २०७८ पुष १३, मंगलवार १६:१८ गते

काठमाडौं, सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपाली श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जोड्दै छ । श्रम,...

TOP