काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन तथा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको बिद्यान मस्यौदामाथि आजबाट समूहगत छलफल सुरु हुने भएको छ ।
हिजो अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ ।
प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।
समूह १
सहभागी : जेष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थान : प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारी : एनके प्रसाई
समूह २ र ३
सहभागी : सल्लाहकारहरु
छलफलको स्थान : प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारी : नन्दकुमार थापा
समूह ४ र ५
सहभागी : प्रदेश १ का प्रतिनिधि
छलफलको स्थान : भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : हर्क नेम्वाङ
समूह ६ र ७
सहभागी : प्रदेश २ का प्रतिनिधि
छलफलको स्थान : पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : गणेश साह
समूह ८ र ९
सहभागी : लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : चक्रपाणी खनाल
समूह १० र ११
सहभागी : गण्डकी प्रदेशका प्रतिनिधि
छलफलको स्थान : पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : गायत्री गुरुङ
समूह १२
सहभागी : प्रवास प्रदेशका प्रतिनिधि
छलफलको स्थान : केन्द्रीय कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : लक्ष्मण पन्त
समूह १३ र १४
सहभागी : कर्णाली प्रदेशका प्रतिनिधि
छलफलको स्थान : एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारी : विमला केसी
समूह १५ र १६
सहभागी : सुदूरपश्चिम प्रदेशका प्रतिनिधि
छलफलको स्थान : एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारी : खगराज भट्ट
समूह १७ र १८
सहभागी : सम्पूर्ण विभागका प्रतिनिधि
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारी : मायाप्रसाद शर्मा
समूह १९
सहभागी : उपत्यका विशेष प्रदेशका प्रतिनिधि
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारी : जगत सिंखडा
समूह २० र २१
सहभागी : सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि
छलफलको स्थान : क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारी : कृष्ण अधिकारी
समूह २२ र २३
सहभागी : बागमति प्रदेशका प्रतिनिधि
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : सरल सहयात्री
समूह २४
सहभागी : आयोगका सदस्य
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : विष्णुपुकार श्रेष्ठ
समूह २५
सहभागी : जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्ष, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि
छलफल गर्ने स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : अमृता थापामगर
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...