२०७९ श्रावण ३०
August 15, 2022, Monday

भारतमा थप छहजार ३५८ जना कोरोना सङ्क्रमित

भारतमा थप छहजार ३५८ जना कोरोना सङ्क्रमित

काठमाडौं ।   भारतमा कोरोना भाइरसबाट थप छ हजार ३५८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ६५३ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७५ हजार ४५६ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०।२२ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो संख्या सन् २०२० मार्चपछि सब भन्दा कम भएको समाचारमा जनाइएको छ ।

गएको २४ घण्टामा भारतमा छहजार ४५० जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४२ लाख ४३ हजार ९४५ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८।४० प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

सोही अवधिमा थप २९३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८० हजार २९० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६७ करोड ४१ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ४२ करोड ४६ लाख ८१ हजार ७३६ भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

Related News

ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालकसहित डेढ सय जना समाउन सफल भए डीएसपी ठगबहादुर केसी
ठगी गरेको आरोपमा कल सेन्टर सञ्चालकसहित डेढ सय जना समाउन सफल भए डीएसपी ठगबहादुर केसी
  • २०७८ पुष १३, मंगलवार १६:३१

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा २ सय भन्दा बढी युवा राखेर कल सेन्टर चलाइरहेका २ जनाविरुद्ध प्रहरीले ठगी मुद्दामा...

एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउन श्रेष्ठको आग्रह
एसपीपीमा सहभागी नहुने पत्र तत्काल पठाउन श्रेष्ठको आग्रह
  • २०७८ पुष १३, मंगलवार १६:३१

३० असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र तत्काल लेख्न...

श्रीलंकाको सडकमा हजारौँ प्रदर्शनकारी, हवाई फायरिङमा १२ जना घाइते
श्रीलंकाको सडकमा हजारौँ प्रदर्शनकारी, हवाई फायरिङमा १२ जना घाइते
  • २०७८ पुष १३, मंगलवार १६:३१

एजेन्सी । आर्थिक संकट झेलिरहेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर माल्दिभ्स भागेका छन् । राजापाक्षेले देश छोडेपछि जनता आक्रोशित...

TOP