२०७९ चैत्र १८
April 1, 2023, Saturday

वडामै योजना सम्झौता हुँदा झन्झट हट्नुका साथै समय र खर्च बचत

वडामै योजना सम्झौता हुँदा झन्झट हट्नुका साथै समय र खर्च बचत

काठमाडौं ।  भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेपछि झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नं ५ मल्कवाङ र ६ मराङका उपभोक्ता समितिलाई लक्ष्य गरेर सोमबारदेखि मराङबेँसीमा घुम्ती शिविर सञ्चालन गरेको हो ।

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधीकारीलाई पालिकामा जाने आउने समय, झन्झट हट्नुका साथै ब्ययभार घटेको मराङका बासिन्दा ईश्वर सुवेदीले बताउनुभयो । “मुना पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा दुई दिन लाग्ने गर्छ”, उहाँले भन्नुभयो, “वडामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिका जाने आउने समय र खर्च बचत भएको छ ।”

मराङ र मल्कवाङका बासिन्दालाई धवलागिरिको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरवाङ धारापानी ताकम हुँदै घुमाउरो यात्रा गर्नुपर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ । पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झन्झटपूर्ण उल्टो यात्रा गर्नुपर्छ । मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकमभन्दा दरवाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ ।

पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ । पहिलो दिन १९ वटा उपभोक्ता समितिसँग सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो ।

अधिकृत शर्माको नेतृत्वमा लेखा अधिकृत कृष्ण खराल, इञ्जीनियर सोबिन जिसी, योजना शाखाका रमेश पौडेल, प्राविधिक जनक धानुक, दिपेन्द्र थापा, लेखा शाखाका कर्मचारी श्याखराज सुवेदीको टोली घुम्ती शिविर लिएर मराङ पुगेको हो । वडाका अध्यक्ष, सचिव र जनप्रतिनिधिले सहजीकरण तथा समन्वय गर्नुभएको छ । प्राविधिक टोलीले यसअघि नै मराङका २० र मल्कवाङका १० वटा योजनाको लागत अनुमान र डिजाइन तयार पारेका थिए । सबै प्रक्रिया पूरा गरेर योजना सम्झौता गरी पायक पर्ने ठाउँको बैंक शाखामा गएर खाता खोल्न सिफारिस गरी पेश्की उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

योजना सम्झौता गर्न आएका उपभोक्ता समितिका पदाधीकारीलाई प्राविधिक, लेखा व्यवस्थापन र प्रशासनिक प्रक्रियाका विषयमा परामर्श पनि दिइएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । वडा नं ७ मा पनि घुम्ती शिविरबाट योजना सम्झौता गर्ने तयारी भएको छ । आवश्यकता र मागका आधारमा अन्य वडामा पनि योजना सम्झौता गर्न जान सकिने प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । चालु आवमा १२० वटा पूर्वाधारसम्बन्धी योजना छनोट गरेको धवलागिरि गाउँपालिकाले चारवटा ठेक्का सम्झौता गरेको छ । अन्य उपभोक्ता समितिसँग पनि सम्झौता गरी कार्यान्वयन थालिएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७८ पुष १३, मंगलवार १०:५५ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

चैत्र १८ देखि पूर्ण रूपमा खुल्दै रसुवा र तातोपानी नाका
चैत्र १८ देखि पूर्ण रूपमा खुल्दै रसुवा र तातोपानी नाका
  • २०७८ पुष १३, मंगलवार १०:५५ गते

काठमाडौँ, नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका...

पश्चिमी वायु सक्रिय, सोमबारसम्म देशैभर पानी र असिनाको सम्भावना
पश्चिमी वायु सक्रिय, सोमबारसम्म देशैभर पानी र असिनाको सम्भावना
  • २०७८ पुष १३, मंगलवार १०:५५ गते

काठमाडौं, नेपालमा पश्चिमी वायु सक्रिय भएको छ । पश्चिमी वायु सक्रिय भएकै कारण देशको पश्चिमी र मध्य क्षेत्रको मौसम बदली...

TOP