काठमाडौं । दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको ज्यान गएको छ ।सो खानीमा परी अरु पनि केही व्यक्ति घाइते भएका छन् । दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको सो खानीमा अकस्मात विस्फोट भएको थियो ।
खानीमा अकस्मात बिस्फोट भएको र त्यसपछि भत्किएको थियो । त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले सो खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए पनि सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको बताएको छ ।
गोरखपुर, भारत उत्तरप्रदेशको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान् रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन गरी पठाएको शिला मङ्गलबार राति...
राहुल गान्धीले ‘भारत जोडो’ यात्रा पूरा गरेका छन् । उनको यो पैदल यात्रा १४६ दिन लामो रह्यो । तीमध्ये १०...
एजेन्सी, पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विष्टफोमा परी ज्यान गुमाउनेको संख्या ५९ जना पुगेको छ । यो मस्जिद पेशावरको...