२०८० चैत्र १५
March 28, 2024, Thursday

बेलायतमा कोरोना भाइरस संक्रमण सुरु भएपछिकै बढी संक्रमित

बेलायतमा कोरोना भाइरस संक्रमण सुरु भएपछिकै बढी संक्रमित

काठमाडौं । बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै सबैभन्दा बढी संक्रमित भएका बताइएको छ । यहाँ गएको २४ घन्टा यता मात्र अर्थात् सोमबार मात्र कम्तीमा पनि १ लाख २९ हजार ४७१ जना संक्रमित भेटिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुरा बताएका हुन् ।

उनीहरुका अनुसार सोमबार यहाँ सोमबार कोरोनाका कारण १८ जनाको ज्यान गएको बताएका छन् । यहाँ अहिलेसम्ममा १ करोड २३ लाख भन्दा बढी संक्रमित पाइएका छन् ।त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार २१ जनाको ज्यान गएको बताएका छन् ।

यहाँ पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ । जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ ।पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ ।

Related News

कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
कार्गो जहाज ठोक्किँदा बाल्टिमोरमा पुल भत्कियो
  • २०७८ पुष १४, बुधबार १३:५५ गते

 वाशिंगटन । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट ब्रिज’ को एक भाग भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार...

फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
फ्रान्स दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा शुरु
  • २०७८ पुष १४, बुधबार १३:५५ गते

लिस्बन : पोर्चुगलमा राहदानी सम्बन्धी समस्यामा परेका नेपालीलाई राहदानी सेवा दिन शुरु गरिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय...

मध्य भियतनाममा विषाक्त खाना खाएपछि १९५ जना अस्पताल भर्ना
मध्य भियतनाममा विषाक्त खाना खाएपछि १९५ जना अस्पताल भर्ना
  • २०७८ पुष १४, बुधबार १३:५५ गते

हनोई, भयितनाम, चैत २ गते । भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि बिरामी परेको...

TOP