२०८० आश्विन ५
September 22, 2023, Friday

तरुण दलले राष्ट्रिय मेलमिलाप दिवसमा देशभर कार्यक्रम गर्ने

तरुण दलले राष्ट्रिय मेलमिलाप दिवसमा देशभर कार्यक्रम गर्ने

 काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

तरुण दलका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गरी नेपाली कांग्रेस र सिङ्गो देशको राजनीतिक इतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक दिन पुस १६ गते देशभर राष्ट्रिय मेलमिलाप दिवस मनाउने जनाइएको हो । “राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्दै सङ्गठनका तर्फबाट थप अतिरिक्त रचनात्मक र अन्य कार्यक्रम गर्न गराउनका लागि नेपाल तरुण दल आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

नेपाल तरुण दलले आफूले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा गरेको कार्यक्रमको विवरण केन्द्रमा जानकारी गर्नसमेत आग्रह गरेको छ । अध्यक्ष बस्नेतले आफूलाई पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचित गर्न देशभरका तरुण युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गर्नुभएको छ ।

Related News

नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
नेकपा (एकीकृत समाजवादी)को बैठक स्थगित
  • २०७८ पुष १५, बिहीबार १०:०५ गते

नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त...

टीकापुर घटनाका संलग्न व्यक्ति बाल सुधार गृहबाट रिहा
टीकापुर घटनाका संलग्न व्यक्ति बाल सुधार गृहबाट रिहा
  • २०७८ पुष १५, बिहीबार १०:०५ गते

टीकापुर घटनामा संलग्न रहेका व्यक्ति पोखरा बाल सुधार गृहबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी...

राजस्व संकलन भद्रगोल र लुटकारी भएको भन्दै आजपा सडक संघर्षमा
राजस्व संकलन भद्रगोल र लुटकारी भएको भन्दै आजपा सडक संघर्षमा
  • २०७८ पुष १५, बिहीबार १०:०५ गते

काठमाडौं । आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरुस्कारको ब्यवस्था खारेजको माग गरेको छ ।...

TOP