काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तमु ल्होसारले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा आज शुभकामना दिँदै मन्त्री श्रेष्ठले बहुजाति, बहुभाषी, बहुसांस्कृतिक र बहुधार्मिक समाजमा यस्ता पर्वले सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ वर्षलाई स्वागत गर्दै तमु समुदायले उत्साह र उमङ्गका साथ मनाउने यस पर्वको छुट्टै सांस्कृतिक महत्व छ ।” मन्त्री श्रेष्ठले यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना जगाई समुन्नत राष्ट्र निर्माणको दिशामा अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
बाँके प्रहरीले गत सोमबार दिउँसो सुर्खेतरोडमा भएको हत्या प्रकरणमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । चेतनको हत्या गर्न नेपालगञ्जको...
काठमाडौं न्युरोडमा गएराति ११ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको छ ।इन्द्रजात्रा हेर्न न्युरोड पुगेका...
नेपाल भन्ने देशमा हत्यारालाइ आम माफी दिने प्रचलन बढे सङ्गै सर्वसाधारणमा डर अनि त्रास फैलिन थाले पछि यो रिले अनशन...