२०७९ मंसिर १२
November 28, 2022, Monday

४औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता यही पुस २७ गतेदेखि हुने

४औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता यही पुस २७ गतेदेखि हुने

काठमाडौं । नेपाल भारोत्तोलन सङ्घको आयोजनामा २४औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता यही पुस २७ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपिएफसहित विभिन्न २० जिल्लाका गरी जम्मा २३ टिमको सहभागिता रहने आयोजक सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ ९बोस०ले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उक्त प्रतियोगितामा करिब २०० खेलाडी सहभागी हुनेछन् ।

जुनियर÷सिनियर तथा युथ पुरुष÷महिलातर्फ विभिन्न ४० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सहभागी टोलीको खाना, बसोबास र यातायात खर्च आयोजक सङ्घले व्यहोर्ने छ । तीनदिने प्रतियोगिताका खेल मध्यपुरथिमि नगरपालिकाको थिमि बैंक्वेटमा हुनेछ । अध्यक्ष श्रेष्ठले कोभिड–१९ का कारण लामो समयदेखि हुन नसकेको प्रतियोगितालाई सम्बन्धित सबैको साथ र सहयोगले सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रलाई अगाडि बढाउन हरदम सहयोग गरिरहेको स्मरण गर्दै प्रतियोगितामा पनि नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Related News

२८ वर्षपछि विश्वकपमा सर्वाधिक दर्शक
२८ वर्षपछि विश्वकपमा सर्वाधिक दर्शक
  • २०७८ पुष १५, बिहीबार १७:४१ गते

एजेन्सी, लियोनेल मेसी चम्किएपछि अर्जेन्टिनाले शनिबार राति मेक्सिकोलाई २–० ले हराएर विश्वकप फुटबल प्रतियोगितामा नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको...

स्पेन र जर्मनी बराबरीमा रोकिए
स्पेन र जर्मनी बराबरीमा रोकिए
  • २०७८ पुष १५, बिहीबार १७:४१ गते

एजेन्सी, स्पेन र जर्मनीले कतारमा जारी फिफा विश्वकप फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ‘ई’अन्तर्गत अल बायट स्टेडियममा...

विश्वकप फुटबलमा बराबरीमा रोकिए इंग्ल्याण्ड र अमेरिका
विश्वकप फुटबलमा बराबरीमा रोकिए इंग्ल्याण्ड र अमेरिका
  • २०७८ पुष १५, बिहीबार १७:४१ गते

एजेन्सी, कतारमा जारी फिफा विश्वकप अन्तर्गत गएराति सम्पन्न खेलमा इंग्ल्याण्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका छन् । अल बायत स्टेडियममा...

TOP