२०७९ चैत्र १८
April 1, 2023, Saturday

ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं ।   तानसेन नगरपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अपाङ्गलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । सत्तरी वर्षमाथि नागरिक, क र ख वर्गको सुविधा प्रयोग गर्ने अपाङ्गका लागि आवश्यकमात्रामा सेवा थालनी गरेको हो ।

तानसेन नगर प्रमुख अशोककुमार शाहीले नगरपालिका र रेडक्रस सोसाइटीका सहयोगमा एम्बुलेन्स सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो । नगरपालिकाको ६० र सोसाइटीको ४० प्रतिशत लगानीमा एम्बुलेन्स गरी खरिद गरी सञ्चालन गर्ने तयारी भएको नगरप्रमुख शाहीले बताउनुभयो ।

यसैबीच सो नगरपालिकाले तानसेन–९, दमकडास्थित दमकडा माध्यमिक विद्यालयका लागि बस खरिद गर्न सहयोग गर्ने भएको छ । विद्यालयको ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशतमा बस खरिद गरिने जनाइएको छ । बस सञ्चालनपछि ग्रामीण क्षेत्रका विद्यार्थी समयमा विद्यालयमा उपस्थित हुन सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो ।

यसैबीच आव २०७८÷०७९ मा जिल्लाका ७० वर्षदेखि माथिका पाँच हजार ४०० ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सुविधा प्रदान गरिने भएको छ । ज्येष्ठ नागरिकलाई १० प्रकारको औषधिसमेत सहित प्रेसर जाँच, युरिन जाँच, घाउँ तथा चोटपटकको उपचार, आवश्यकताका आधारमा स्वास्थ्य परीक्षणको सुविधा प्रदान गर्न थालिएको हो ।

लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार पाल्पाका ज्येष्ठ नागरिकका घरमा स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परीक्षण गरी उपचार गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय प्रमुख डा राजेन्द्रकुमार गिरीले बताउनुभयो । ज्येष्ठ नागरिकलाई आधारभूत सेवा प्रदान गर्न प्रदेश सरकारले रु २७ लाख बजेट विनियोजन गरी कार्यक्रम अगाडि बढाएको हो । आव २०७५÷०७६ देखि ८४ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घरघरमै स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनपछि स्वास्थ्य क्षेत्रमा ती नागरिकको पहुँच विस्तार भएको थियो । चालू आर्थिक वर्षदेखि ७० वर्षमाथिका ज्येष्ठ नागरिकका आधारभूत स्वास्थ्य सुविधा पाउने सुविधाले उत्साह थपेको छ । घरमा साहारा नपाएर आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित, असाहाय, स्वास्थ्य संस्थाको पहुँचमा नपुगेका ज्येष्ठ नागरिकका लागि कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७८ पुष १६, शुक्रबार १२:२० गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पश्चिमी वायु सक्रिय, सोमबारसम्म देशैभर पानी र असिनाको सम्भावना
पश्चिमी वायु सक्रिय, सोमबारसम्म देशैभर पानी र असिनाको सम्भावना
  • २०७८ पुष १६, शुक्रबार १२:२० गते

काठमाडौं, नेपालमा पश्चिमी वायु सक्रिय भएको छ । पश्चिमी वायु सक्रिय भएकै कारण देशको पश्चिमी र मध्य क्षेत्रको मौसम बदली...

जनकपुरधाममा रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
जनकपुरधाममा रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
  • २०७८ पुष १६, शुक्रबार १२:२० गते

जनकपुरधाम, जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा...

TOP