२०८० आश्विन १२
September 29, 2023, Friday

नयाँ दिल्ली र मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुमा कडाई

नयाँ दिल्ली र मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुमा कडाई

काठमाडौं । नयाँ दिल्ली र मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि यहाँ नयाँ वर्षका कार्यक्रमहरुमा कडाई गरेको छ ।भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यहाँ कोरोनाको ओमिक्रोन भेरियन्ट झन् ठूलो मात्रामा बढेको छ ।

यहाँका सरकारहरुले कोरोना भाइरस र त्यसमा पनि ओमिक्रोनको प्रकोप बढेपछि नयाँ वर्ष मनाउन सार्वजनिक स्थानहरुमा गर्ने समारोह, मेला तथा जमघट लगायतका कुनै पनि कार्यक्रमहरु नगर्न सूचना जारी गरेका हुन् ।बिहीबार मात्र भारतभर १२७० जना ओमिक्रोनका सङक्रमित भेटिएका छन् । तीमध्ये नयाँ दिल्लीमा मात्र ३२० जना पाइएका छन् । त्यसपछि धेरै मुम्बईमा पाइएका छन् ।

यसरी प्रत्येक दिन ओमिक्रोन भेटिन थालेपछि सरकारले सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाएको बताइएको छ ।भारतको राजधानी नयाँ दिल्ली तथा आर्थिक राजधानी मानिने भारतीय ठूलो सहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुको आयोजना गरिएको र त्यसका कारण झन् सङ्क्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रमहरु गर्ने काममा प्रतिबन्ध लगाएको हो ।

दिल्ली सरकारले यसअघि नै रातिमा कफ्र्यु नलगाइने तर मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको जनाएको छ । नयाँ दिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र संक्रमित पाइएकामा हिजोआज दिनहुँ हजारभन्दा बढी संक्रमित भेटिएका बतानुभयो ।

Related News

विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा
विवादमा तानिएका क्यानडाका सभामुखद्वारा राजीनामा
  • २०७८ पुष १६, शुक्रबार १३:०५ गते

दोस्रो विश्वयुद्धमा एडोल्फ हिटलरको पार्टी नाजीका तर्फबाट लडेका युक्रेनी नागरिकलाई संसदमा आमन्त्रण गरेर उनको प्रशंसा गरेपछि विवादमा तानिएका क्यानडाको हाउस...

अमेरिकाको सपिङ मलमा गोली हानाहानमा तीनको मृत्यु
अमेरिकाको सपिङ मलमा गोली हानाहानमा तीनको मृत्यु
  • २०७८ पुष १६, शुक्रबार १३:०५ गते

 अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मलमा गोलीबारी भएको छ । सो घटनामा परी एक किशोरसहित तीन जनाको मृत्यु भएको छ...

इजिप्टद्वारा विश्व बैंकबाट ४ सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत
इजिप्टद्वारा विश्व बैंकबाट ४ सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत
  • २०७८ पुष १६, शुक्रबार १३:०५ गते

इजिप्टले लजिस्टिक्स परियोजनाका लागि विश्व बैंकबाट चार सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह...

TOP