२०८० आश्विन १६
October 3, 2023, Tuesday

प्रदेश नं २ मा पत्रकारका लागि कल्याण कोष स्थापना गरिने

प्रदेश नं २ मा पत्रकारका लागि कल्याण कोष स्थापना गरिने

काठमाडौं । नेपाल पत्रकार महासङ्घ प्रादेशिक समिति प्रदेश नं २ को सर्लाहीमा बिहीबार बसेको पाँचाँै बैठकबाट रु एक करोडको कल्याण कोष स्थापनालगायत सात बुँदे सर्लाही घोषणापत्र जारी गरेको छ ।

प्रदेश अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा सर्लाहीको हरिवनमा आयोजित प्रादेशिक समितिको बैठकबाट रु एक करोडको कल्याण कोष स्थापना गर्ने निर्णय गरिएको हो ।

घोषणापत्रमा पत्रकारिता पेशालाई मर्यादित बनाउन आचारसंहिताको पालना तथा नैतिक आचरणको प्रदर्शन गर्न आत्मसमीक्षा एवं विभिन्न कार्यक्रममार्फत प्रेरित गर्ने, पत्रकारको पेशागत र भौतिक सुरक्षाका साथै अग्रज पत्रकारलाई पेन्सनका लागि सरकारको ध्यानाकषर्ण गराउने, विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारको हकहित तथा संवद्र्धनका लागि बिनाकारण कामबाट निकालिएका पत्रकारको पुनःबहाली गर्न नेपाल पत्रकार महासङ्घले आवश्यक पहल गर्ने, कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका पत्रकार, प्रभावित भएका सञ्चारकर्मी तथा सञ्चारगृहलाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गर्नेलगायत विषय घोषणापत्रमा समेटिएका छन् ।

यसैबीच प्रदेश नं २ बाट आउनुभएका पत्रकारलाई हरिवनमा उखुको लाक्रा दिँदै तरकारीको माला लगाइदिएर सम्मान गरिएको छ । हरिवनस्थित सगुन सहकारीको सभाहलमा आयोजना गरेको ‘नैतिक पत्रकारिता आजको आवश्यकता’ विषयक अन्तक्र्रिया तथा प्रादेशिक समितिको पाँचौँ बैठकमा उपस्थित प्रदेश समितिका सदस्य र अन्य जिल्लाबाट सहभागी पत्रकारलाई तरकारीको माला लगाइदिनाका साथै उखुको लाक्रा दिएर सम्मान गरिएको हो ।

उखु किसानले उखुको लाक्रा दिएर तथा देशमै प्रख्यात रहेको लालबन्दीस्थित तरकारी बजार समितिका तर्फबाट तरकारीको माला लगाइदिएर नौलो ढङ्गले पत्रकारलाई स्वागत तथा सम्मान गरिएको हो ।

नेपाल उखु उत्पादक महासङ्घका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले यस वर्ष अहिलेसम्म उखुको मूल्य कायम नभइरहेको अवस्थामा प्रदेश नं २ का पत्रकारलाई हरिवनमा भेला भएको अवसरमा उखुको लाक्रा दिएर उखु किसानको समस्या र पीरमर्कालाई उठाइदिन आग्रह गर्नुभएको थियो । सरकार र उद्योगीले आफूहरुको कुरै नसुन्ने गरेको भए पनि पत्रकारले बर्सेनि आफूहरुको पीडालाई बाहिर ल्याएर ठूलो गुन लगाइरहेको मैनालीले बताउनुभयो

त्यसैगरी लालबन्दी तरकारी बजार समितिका तर्फबाट पत्रकारलाई गोलभेँडा, भान्टा, खुर्सानी, काक्रो, मुलालगायत तरकारीको माला लगाएर सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा उपस्थित पत्रकारलाई उद्योग वाणिज्य सङ्घ लालबन्दीका तर्फबाट अध्यक्ष कल्याणकुमार जोशी र महासचिव दीपेन्द्र बलम्पाकीले ढाका टोपी तथा चेम्बर अफ कमर्स सर्लाहीका तर्फबाट अध्यक्ष रामभक्त प्रधान र महासचिव सुशील चालिसेले खादा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो । रासस

Related News

गुण्डानाईकेले हत्या गरेका चेतन मानन्धरको परिवार डर त्रासमा (भिडिओ सहित )
गुण्डानाईकेले हत्या गरेका चेतन मानन्धरको परिवार डर त्रासमा (भिडिओ सहित )
  • २०७८ पुष १६, शुक्रबार ०८:३६ गते

बाँके प्रहरीले गत सोमबार दिउँसो सुर्खेतरोडमा भएको हत्या प्रकरणमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । चेतनको हत्या गर्न नेपालगञ्जको...

न्युरोडमा गएराति अज्ञात समूहद्वारा एक युवकको हत्या
न्युरोडमा गएराति अज्ञात समूहद्वारा एक युवकको हत्या
  • २०७८ पुष १६, शुक्रबार ०८:३६ गते

 काठमाडौं न्युरोडमा गएराति ११ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको छ ।इन्द्रजात्रा हेर्न न्युरोड पुगेका...

दिनदहाडै खुँडा हानेर युवकको हत्या गर्ने गुण्डालाई आममाफी विरुद्धमा भोलि माइतीघर मण्डलामा रिले अनशन बस्ने
दिनदहाडै खुँडा हानेर युवकको हत्या गर्ने गुण्डालाई आममाफी विरुद्धमा भोलि माइतीघर मण्डलामा रिले अनशन बस्ने
  • २०७८ पुष १६, शुक्रबार ०८:३६ गते

नेपाल भन्ने देशमा हत्यारालाइ आम माफी दिने प्रचलन बढे सङ्गै सर्वसाधारणमा डर अनि त्रास फैलिन थाले पछि यो रिले अनशन...

TOP